सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २६ मंसिर । लगातार पाँच कारोबार दिन घटेको शेयर बजार आज उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज बुधबार ४५ दशमलव ८८ अङ्कले बढेर २ हजार ७१५ दशमलव ७१ विन्दुमा पुगेको छ ।
हिजो चार अर्ब ४१ करोडको शेयर कारोबार भएकोमा आज ३०८ वटा कम्पनीको १ करोड १३ लाख कित्ता शेयर ५ अर्ब ५ करोड रुपैयाँमा किनबेच भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्स कम्पनीको ३६ करोड रुपैयाँको शेयर किनबेच भयो ।
आज म्युचल फन्ड बाहेक सबै समूहको शेयर बढेकोमा बैंक, विकास बैंक, फाइनान्स, होटल, जलविद्युत्, बीमा, उत्पादन, व्यापार समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।
आज न्यादी हाइड्रोपावर र कुथेली बुखारी हाइड्रोपावर कम्पनीको शेयर ९ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेको दिन खानी खोला हाइड्रोपावर कम्पनीको शेयर भने १० प्रतिशतले घटेको छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा