• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण ४, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्छ : राष्ट्रपति

      आईजीपी दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान

      राष्ट्र बैंक सरकारबाट पूर्ण रूपमा पृथक हुन नसक्ने, मौद्रिक र वित्तीय नीति सँगसँगै जानुपर्छ : अर्थ मन्त्रालय

      परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको छ : ओली

      श्रीलंका भ्रमण सम्पन्न गरी संयोजक प्रचण्ड स्वदेश फिर्ता, भ्रमण सफल भएको दाबी

      बालेन सरकारको प्रारम्भ नै मान्छे मार्ने र षड्यन्त्रबाट भयो : ओली

      उजुरी र भिडियोपछि नेपाल बाल संगठनमा अनुगमन, २० बालबालिकाको उद्धार

      नेपाली सेना खारेज गर्नुपर्छ भन्ने सिके राउतको अभिव्यक्तिप्रति खेद प्रकट गर्दछु, ‘नेपाली सेना हाम्रो गौरव हो’ ज्वाला संग्रौला

      फाइनलअघि अर्जेन्टिनाका डिफेन्डर मार्टिनेजको सन्देश : ‘सबै जना एक भएर अघि बढौँ’

      फाइनलअघि अर्जेन्टिनाका डिफेन्डर मार्टिनेजको सन्देश : ‘सबै जना एक भएर अघि बढौँ’

      अलपत्र जलविद्युत् आयोजनालाई चार समूहमा वर्गीकरण गरि आरसीओडी म्याद थप्ने तयारी

      नेपालमा हाइड्रोजन सवारी सञ्चालनका लागि सरकारद्वारा सुझाव आह्वान

      कांग्रेसमा युवा प्रतिनिधित्व बढाउँदैछौँ : गगन थापा

      विश्वकप फाइनलअघि भावुक बने मेस्सी : ‘हाम्रो सबैभन्दा ठूलो उपलब्धि उपाधि होइन, यो यात्रा हो’विश्वकप फाइनलअघि भावुक बने मेस्सी : ‘हाम्रो सबैभन्दा ठूलो उपलब्धि उपाधि होइन, यो यात्रा हो’

      अवरुद्ध बीपी राजमार्ग पुन: सञ्चालनमा 

    होमपेज /  कृषि / पशुपालन

    ‘पुजार सार्की’ निर्माताको दोस्रो चलचित्र ‘फ्र्याक्चर’को छायाङ्कन सकियो, हलिउडसँग सहकार्य

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ कार्तिक २४, शनिबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ९९१ पटक पढिएको
  • काठमाडौं । पहिलो चलचित्र ‘पुजार सार्की’ निर्माण गरी सफलता हासिल गरेको चलचित्र निर्माण कम्पनी किङ्डम नेटवर्कले आफ्नो दोस्रो चलचित्र ’फ्र्याक्चर’ निर्माण गरेको छ । अमेरिकाका प्रसिद्ध निर्देशक रायन ट्राभिसले निर्देशन गरेको यो चलचित्र पूर्ण रूपमा अङ्ग्रेजी भाषामा रहेको छ ।

    नेपालका अभिनेता आर्यन सिग्देलसँगै हलिउड अभिनेता ट्रेन्टन रोस्टेड्टको प्रमुख अभिनय रहेको छ । यस चलचित्रमा बुद्धि तामाङ, आशिष पुरुष, अनिता पण्डित, गुणराज श्रेष्ठ लगायत अन्य नेपाली कलाकारहरूले पनि काम गरेका छन् ।

    किङ्डम नेटवर्क हालै मात्र संयुक्त राज्य अमेरिकामा समेत स्थापना गरी यो चलचित्र निर्माण गरिएको निर्माता सुवास भुसालले बताएका छन् ।

    भुसालले यस चलचित्रले नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय चलचित्रकर्मी, अन्तर्राष्ट्रिय बजार र दर्शकसँग जोड्ने नयाँ प्रयासको प्रतिनिधित्व गर्ने जनाए ।

    यस चलचित्रका अभिनेता ट्रेन्टन हलिउड अभिनेता हुन् । उनले ‘हलिउड किल्स,’‘अन्डर द वेस्टर्न सन,’ ‘सिरोनिया,’ ’द रेड, ब्ल्याक एन्ड ब्लोन्डः गड सेभ,’ ‘बिटविन किंग्स एन्ड क्विन्स,’ ‘लस एन्सिनोस’ लगायतका चलचित्रहरू र दर्जनौँ टेलिभिजन शृङ्खलामा अभिनय गरेका छन् ।

    यस चलचित्रको निर्माणमा क्रिश बेरुटी, हिमाल आरोहण विशेषज्ञ एन्ड्रयु ह्युज, दुई पटक एमी पुरस्कार विजेता निर्माता गर्रेट म्याडिसन लगायतको पनि सहभागिता रहेको छ । चलचित्रको लेखन यसका निर्माता क्रिश बेरुटीले नै गरेका छन् । चलचित्रका सिनेमाटोग्राफर डकोटा डियल हुन् । उनले ‘आर्मी अफ द डेड,’ ‘नेक्स्ट अफ किन,’ ‘एनएफएल ३६०ः द गिफ्ट अफ गाबा’ लगायतका चलचित्रको छायाङ्कन गरेका छन् ।

    यो चलचित्रको प्रायः दृश्यहरू नेपालमा छायाङ्कन गरिएको छ । चलचित्रका करिब ७० प्रतिशत दृश्यहरू काठमाडौं, ललितपुर, भक्तपुर, पनौती, लुक्ला तथा सगरमाथा बेस क्याम्पसम्म पुगी छायाङ्कन गरिएको छ ।

    ‘फ्र्याक्चर’को कथा एक जना अमेरिकी सैनिक ज्याक स्टेन्टन नामक पात्रको वरिपरि घुम्छ, जसले आफ्नो नेपालमा हराएको साथीलाई बचाउन नेपालको सगरमाथा क्षेत्रको खतरनाक यात्रा गर्छ । यस चलचित्रमा मानवीय साहस र सङ्घर्षलाई पर्दामा जीवित रूपमा उतारिएको निर्देशक ट्राभिसले जनाए ।

    यो चलचित्र कहिले रिलिज गर्ने भन्ने विषयमा भने अहिले नै तय नभएको निर्माता भुसालले बताए । यद्यपि, विश्वव्यापी रिलिजको लागि छलफल भइरहेको उनले बताए। नेपालमा मनोज जोशी प्रोडक्सन कन्ट्रोलरको काम गरेका छन् भने विकास सुवेदी लाइन प्रोड्युसर हुन् ।

    निर्देशक रायन अनुभवी चलचित्र निर्देशक, निर्माता र छायाकार हुन्, जसले ’एनएफएल ३६०’ जस्ता प्रोजेक्टहरूमा एमि पुरस्कार जितेका छन् । उनले यसअघि फिचर चलचित्र ‘गेम थेरापी’ निर्देशन गरेका थिए भने ‘केभिन हार्ट’सँगको ‘हार्ट अफ इट अल’ र ईएसपीएनको हिप हपमा आधारित डकुमेन्ट्री ‘द क्रसओभर’ जस्ता प्रोजेक्टहरूको निर्देशन गरेका छन् । उनले ‘नाइकी,’ ‘अडी,’ र ‘फियाट’ जस्ता ब्रान्डहरूको लागि पुरस्कार विजेता विज्ञापनहरू पनि निर्माण गरेका छन् ।

    यस चलचित्रका लेखक समेत रहेका निर्माता क्रिस बेरुटी एमी तथा स्ट्रिमी मनोनीत लेखक तथा निर्माता हुन् । उनले १४ देशका ८ भाषामा विभिन्न प्रोजेक्टहरू निर्देशन गरेका छन् भने युनिसेफ र नेशनल जियोग्राफिक जस्ता संस्थाहरूको लागि ६५ भन्दा बढी देशको यात्रा गरिसकेका छन् । बेरुटीले ‘द एलेन डिजेनेरस शो,’ ‘जिमी किमेल लाइभ,’ ‘द टुनाइट शो’ जस्ता शो हरुमा काम गरेका छन् भने उनले ‘डेडपूल’का निर्माता जोनाथन कोम्याक मार्टिनको चलचित्र ‘डु नट डिस्टर्ब’ निर्देशन गरेका छन् । साथै, उनले प्यारामाउन्ट पिक्चर्सको ‘मार्गो’ नामक हरर चलचित्र लेखेका थिए, जुन हालै रिलिज भएको थियो ।

    अर्का निर्माता गर्रेट म्याडिसनले १४ पटक सगरमाथा आरोहण गरेका छन् । गर्रेटले विश्वकै कठिन र खतरनाक मानिने ‘के टु’ हिमालको पहिलो सफल ’गाइडेड’ आरोहण पनि नेतृत्व गरेका थिए । गर्रेट, हलिउडका एभरेस्ट र अन्य फिल्म निर्माणहरूको लागि नियमित रूपमा परामर्शदाताको काम पनि गर्दै आएका छन् । उनले विभिन्न उच्च–उचाइ आरोहण कीर्तिमानहरू राखेका छन्, जसमध्ये ल्होत्से हिमाल एकै दिनमा पाँच पटक आरोहण गर्ने एकमात्र व्यक्ति हुन् ।

    निर्माता एन्ड्र्यू ह्युजले सेभेन समिट्स, अन्टार्कटिका ट्राइफेक्टा, ७ ज्वालामुखी शिखरहरू मध्ये ६, दुर्लभ एक्सप्लोरर्स ग्रान्ड स्लाम, उत्तर ध्रुवीय अनुसन्धान अभियान, थ्री पोल्स च्यालेन्ज, र थप विश्व कीर्तिमानहरू हासिल गरेका छन् ।

    हालै मात्र छायाङ्कन सम्पन्न गरी अमेरिकी टिम फर्किसकेको छ । हालै अमेरिका फर्किनु अगाडि चलचित्र विकास बोर्ड अध्यक्ष दिनेश डिसीले अमेरिकी टिमलाई बिदाइ गरेका थिए । बोर्डको तर्फबाट छायाङ्कनको लागि लोकेसन गाइड पुस्तक प्रदान गर्दै नेपाली ढाका टोपी लगाई सम्मान समेत गरिएको थियो । सो क्रममा अध्यक्ष डिसीले नेपाली प्रोडक्सन कम्पनीसँग हलिउडमा काम गरिरहेका अमेरिकी चलचित्रकर्मीले चलचित्र बनाउनु आफैंमा सुन्दर रहेको बताए ।

    गत जेठ १० गते रिलिज भएको किङडम नेटवर्कको पहिलो चलचित्र ’पुजार सार्की’ले नेपालमा मात्र करिब १० करोडको व्यापार गरेको थियो भने विश्वव्यापी रूपमा रहेका नेपाली समुदायबीच रिलिज भएको थियो ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    भारतबाट ल्याएको १५ वटा मुर्रा राँगाबाट १ लाख ३० हजार डोजभन्दा धेरै वीर्य सङ्कलन

    ग्रामीण क्षेत्रका महिलाहरु व्यवसायिक तरकारी खेतीमा आकर्षित

    निजी क्षेत्रको आक्रामक बजार विस्तारले डीडीसीलाई अस्तित्व जोगाउन हम्मे

    ‘जार’मा इन्द्रबहादुर राईको कथा, ट्रेलर सार्वजनिक

    केरा खेति तर्फ आर्कषित रौतहटका कृषक

    बेमौसमी तरकारी खेतीमा आकर्षित मुगुका कृषक

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विकास निर्माणको केन्द्रमा मानव र प्रकृतिलाई राख्नुपर्छ :…

    आईजीपी दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान

    राष्ट्र बैंक सरकारबाट पूर्ण रूपमा पृथक हुन नसक्ने,…

    परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको छ…

    आईजीपी दानबहादुर कार्की थाइल्यान्ड प्रस्थान

    श्रीलंका भ्रमण सम्पन्न गरी संयोजक प्रचण्ड स्वदेश फिर्ता,…

    बालेन सरकारको प्रारम्भ नै मान्छे मार्ने र षड्यन्त्रबाट…

    देश पुनः द्वन्द्वतर्फ जान सक्ने संकेत देखियो, सरकार…

    आर्थिक

    नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा उत्साह, ७९.७४ अंकले बढ्यो शेयर बजार

    राष्ट्र बैंक ऐन संशोधनमा खुला छलफल गर्न सरकार तयार : अर्थमन्त्री वाग्ले

    भारतबाट ल्याएको १५ वटा मुर्रा राँगाबाट १ लाख ३० हजार डोजभन्दा धेरै वीर्य सङ्कलन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑