• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १६, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता सम्पन्न

      हालैका घटनाको निष्पक्ष छानबिनको माग गर्दै सनातन धार्मिक समाज आन्दोलनमा 

      हेटौँडामा दोहोरी तथा डान्स बार सञ्चालन समय व्यवस्थापनको माग, आरआरएस दोहोरीमा कार्यरत युवतीको मृत्युबारे अनुसन्धान जारी

      विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति गुमायो : निम्सदाइ फाउन्डेसन

      मागेरै विश्व घुम्ने योजना : ‘माग्नेको घरमा सन्यासी पाहुना’

      पुर्जासहित ६ नेपाली आरोहीप्रति श्रद्धाञ्जली दिँदै बालेनले भने- तपाईहरुको साहस इतिहासमा सधैँ जीवित रहन्छ

      ब्रड पिक हिमपहिरोमा विश्वप्रसिद्ध आरोही निर्मल ‘निम्सदाइ’ पुर्जाको निधन

      वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर : कुलमान घिसिङ

      राजाको पक्षमा जनताको हस्ताक्षर अभियान

      कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

      कांग्रेस राष्ट्रिय भेला आयोजक समितिको संयोजकमा शशांक कोइराला, १६ मूल समिति गठन

      इरान माथिको विश्वास घट्दै गएको छ : ट्रम्प

      भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

      टेकुबाट सिधै एलपी ग्यास वितरण सुरु

      कोशी प्रदेश सरकारमा अन्योलता, नयाँ सत्ता समीकरणको संकेत

    होमपेज /  लाईफस्टाईल

    मुटुलाई स्वस्थ राख्न के गर्ने ? के नगर्ने ?

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ भाद्र १३, बिहिबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ६८५ पटक पढिएको
  • डा.संजीतकुमार शाह / काठमाडौँ, १३ भाद्र । मुटु रोग वा सम्बन्धित आर्टरीका कारण विश्वमा करिब दुई करोड मानिसको वार्षिक मृत्यु हुन्छ । नेपालमा करिब ३० हजारले बार्षिक रुपमा ज्यान गुमाउने गरेको तथ्यांकहरु आउने गरेका छन् । तर खानापान र दैनिक जीवनशैलीमा परिवर्तन गर्न सके मुटु रोगबाट बच्न सकिन्छ ।

    सुरुमा त मान्छेले मुटुलाई माया गर्नुपर्छ । यदी मुटुलाई माया गर्न सिक्यौं भने यसको सुरक्षा आफैं हुन्छ । मान्छेहरुले आफ्नै मुटुलाई माया गर्दैनन् । मुटुको सुरक्षा चेतनाबाट सुरु हुन्छ । आत्मैबाट मुटुलाई माया गर्न सुरु गर्नुपर्दछ । मुटुलाई माया गर्छु भन्न थाल्नुभयो भने मुटुमा परिवर्तन त्यहीबाट सुरु हुन्छ । यसलाई वैज्ञानिक रुपमा त प्रमाणित गर्न सक्दिन तर यो आध्यात्मिक कुरा पनि हो ।

    मुटुलाई चाहिने मुख्यगरी तीनवटा कुरा हो–चिन्तन, आहार र व्यायाम । तीन कुरामा राम्रो गर्नुभयो भने तपाइँको मुटु स्वस्थ रहन सक्छ । हामीले अण्डा हरेक दिन खानुपर्छ भनेर सुनेको हो अलि ठुलो हुँदै गएपछि अण्डाको पँहेलो भागमा तेल बढी हुन्छ, खानुहुँदैन भन्ने पनि सुनियो । यस्तो सुन्दै म पनि जवान भएको हुँ ।

    अण्डाको पहँलो भाग पनि ठिकै हो भन्ने सुन्न थालेको छु । मैंले यहाँ भन्न खोजेको सबै कुरा समयानुसार परिवर्तन हुँदै जान्छ । त्यसैलाई अनुसरण गर्दै लाइफ स्टाइल परिवर्तन गरौं । तर चिन्तन चाँही जहिले पनि सकारात्मक राख्नुपर्छ । खाना परिवर्तन भएपनि चिन्तन परिवर्तन हुनुहुँदैन । आहारको पूर्वी चिन्तन एकदम राम्रो छ । हामीले शरीरलाई धेरै नै माया गर्नुपर्छ भनेर त्यहीबाट सिकाइएको हुन्छ । मान्छेले जे खाएपनि पचाउनैपर्छ भन्ने चिन्तन छ । धेरै समयसम्म शरीरमा केही पनि राख्नुभयो भने त्यो गन्हाउँछ, त्यसले रोग निम्त्याउँछ ।

    मुटुमा त्यही हो । चिल्लोहरु पचाउन धेरै समय लाग्ने पचाउन धेरै समय विताउनुपर्ने भएका कारण चिल्लो कम खान चिकित्सकहरुले सल्लाह दिँदै आएका छन् । दुर्गन्धित वा औद्योगिक क्षेत्र नजिक बस्नेहरुको मुटु तुलनात्मक रुपमा बढी विग्रिन्छ । मुटुसम्बन्धि रोग महिलाको तुलनामा पुरुषलाई बढी हुन्छ । पुरुषहरु धेरै बाहिर बस्ने, धेरै गाह्रो कामहरु गर्ने, महिलाको तुलनामा अलि बढि खटिने भएका कारण पुरुषहरुमा अलि बढि रोग लाग्न लागेको हो । वातावरण एउटै हो भने महिला र पुरुषहरुमा उस्तै उस्तै हो । बनावटले खासै फरक पार्दैन ।

    मुख्यगरी धूम्रपान वा सुर्तीजन्य पदार्थको सेवन, उच्च रक्तचाप, मधुमेह, व्यायाम र योग कमी, अनावश्यक तनाव लिने बानी, फलफूल नखाने बानी, खानामा नुनको मात्रा बढी, चिनीको बढी सेवन, कार्बोहाइड्रेटजन्य खानेकुरा बढी खाने, कम सुत्ने बानी आदीले मुटुलाई असर पर्ने भएकाले यसतर्फ ध्यान दिनु जरुरी छ ।

    नेपालले सबै नराम्रो कुराहरुमा विश्वमै हामीले लिड गरिरहेका छौं । मुटु, फोक्सो, क्यान्सर रोगका बिरामीहरु अलि बढि नै रहेका छन् । डाइबिटिज मुटुका लागि घातक हो । डाइबिटिज भएको बिरामी डाइबिटिज नभएको बिरामीभन्दा ३३ प्रतिशतदेखि ४० प्रतिशतले हाइ रिस्क हुन्छ । त्यसैले मैंले यहाँ भन्न खोजेको कुरा मानिसहरुले मुटुको माया गरे पुग्छ । यसका लागि खानापान, जीवनशैली र अध्यात्मलाई बढी ध्यान दिए हुन्छ । (कार्डियोभास्कुलर सर्जन एवम मुटु रोग विशेषज्ञ डा.शाहसँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    स्वास्थ्य मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारी, दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने लक्ष्य

    केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ नसाको जटिल उपचार

    केएमसीमा नेपालमै पहिलोपटक मष्तिष्कमा फुटेको एभीएमको बिनाचिरफार उपचार

    सरकारले बाल स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ, प्रत्येक प्रदेशमा बाल अस्पताल आवश्यक ः प्राडा चौधरी

    नेपालमा जलन उपचारका लागि पर्याप्त स्रोत–साधन छैनन् : चन्द्र भण्डारी

    नेपालको स्वास्थ्य क्षेत्रमा नर्वेको सहयोग निरन्तर रहने

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गृहमन्त्री सुदन र हिन्दूवादी संगठनबीच पहिलो चरणको वार्ता…

    हालैका घटनाको निष्पक्ष छानबिनको माग गर्दै सनातन धार्मिक…

    हेटौँडामा दोहोरी तथा डान्स बार सञ्चालन समय व्यवस्थापनको…

    विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति…

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    धनुषामा सर्वपक्षीय बैठक सम्पन्न, सद्भाव र्याली निकाल्ने निर्णय

    सरकारसँग सहमतिपछि कप्तानगन्ज गोलीकाण्डका दुवै मृतकको शव परिवारलाई…

    तराई–मधेशको घट्ना धार्मिक दंगा होइन, देशलाई असफल बनाउने…

    आर्थिक

    कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

    भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

    चार दिनको लगातार गिरावटपछि नेप्सेमा हरियाली, १२.९६ अंकको सुधार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑