सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दार्जिलिङ, जेठ २६ । बंगाली भाषालाई राज्यका विद्यालयमा अनिवार्य गर्ने सरकारी निर्णय विरुद्ध गोरखा जनमुक्ति मोर्चा (गोजमुमो) लेदार्जिलिंगमा व्यापक प्रदर्शन शुरु भएको छ।
आफ्नो जातीय, भाषिक र सांस्कृतिक अधिकारका लागि वर्षौंदेखि संघर्ष गर्दै आएका दार्जिलिङका नेपालीभाषीहरुले सरकारले सरकारी स्कुलमा कक्षा एकदेखि दससम्म बंगाली भाषालाई अनिवार्य गराएपछि त्यसविरुद्ध नेपाली भाषिहरुकडा आन्दोलनमा उत्रेका छन् ।
दार्जिलिङको राजभवनमा राज्य सरकारको बैठक चलिरहेकै बेला आन्दोलन चर्किएपछि प्रदर्शन रोक्न र परिस्थिति तनावपूर्ण हुन नदिन सरकारले सेना तैनाथ गरेको छ ।
परिस्थितिको गाम्भीर्यतालाई ख्यालगरी एक टुकडी सेना तैनाथ गरिएको दार्जिलिङ प्रहरीले जनाएको छ । गोर्खा जनमुक्ति मोर्चाका कार्यकर्ता र सुरक्षाकर्मीबीच बिहीबार दिनभर झडप भएको थियो ।
प्रदर्शनकारी र सुरक्षाकर्मीहरु घाइते हुनुका साथै प्रदर्शनकारीले चारवटा प्रहरी भ्यान र सार्वजनिक यातायातको साधनमा तोडफोड तथा आगजनी भएको थियो । करिब ४५ वर्षपछि पहिलोपटक दार्जिलिङमा राज्य क्याविनेटको बैठक आयोजना गरिएकै बेला प्रदर्शनकारीले मूख्यमन्त्री ममता बनर्जीविरुद्ध नाराबाजी गरेका थिए ।
गोर्खाल्याण्ड टेरोटेरियल एड्मििनिष्ट्रेसन प्रशासनको अनुमति बिनै बैठक आयोजना गरिएको भन्दै मोर्चाका अध्यक्ष तथा जिटिएका प्रमुख कार्यकारी बिमल गुरुङले भर्त्सना समेत गरेका छन् ।
प्रदर्शनमा सुरक्षाकर्मीले ज्यादती गरेको भन्दै मोर्चाले १२ घण्टे चक्काजाम आह्वान गरेको छ । यसबाट दार्जिलिङसहित मिरिक, कालिम्पोङ, खरसाङलगायतका नेपालीभाषी बाहुल्य शहर सुनसान बनेका छन् ।
यातायातका साधन, उद्योगधन्दा, स्कुल, कलेज, व्यापार व्यवसाय सबै ठप्प छन् ।
यता, राज्य सरकारले भने जीटीएको प्रमुख सचिव रविइन्दर सिंहको स्थानमा वरूण रोयलाई नियुक्त गरेको छ ।
काठमाडौँ, २९ फागुन । तीन वर्षअघि नवलपरासीको सुस्ता गाउँपालिका-५, रतनगञ्जका ६५ वर्षीय रामशुभग मुसहर मिटरब्याजी साहुबाट आफूहरूमाथि अन्याय भएको गुनासो लिएर पहिलो पटक... विस्तृतमा