सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, जेठ २५ – राष्ट्रिय जनशक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भटटराईले सरकारले बुढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न सरकारले चिनियाँ कम्पनीलाई दिएर राष्ट्रिय भावनामा ठेस पुर्याएको बताएका छन् । आयोजना विधि र प्रक्रिया मिचेर विनाप्रतिस्पर्धा चिनियाँ कम्पनीलाई दिएको भन्दै यसलाई खारेज गरी स्वदेशी लगानीमा बनाउन पार्टीले सरकारको ध्यानाकर्षण गरेको छ । “नेपाली वित्तीय स्रोतबाट आयोजनामा लगानी गर्न सकिने अवस्था हुँदाहुँदै विदेशीलाई सुम्पिने प्रवृत्तिले कसरी राष्ट्रिय स्वाभिमान रक्षा हुन्छ ?” उनले प्रश्न गरे, “सरकारको यो आपत्तिजनक निर्णय हो, यसले नेपालीको भावनामा ठेस पुगेको छ ।”
सरकारले प्रतिस्पर्धा ऐन छल्नुका साथै सुशासन र सार्वजनिक खरिद ऐनको धज्जी उडाएको ठहर नयाँ शक्तिले गरेको छ । पत्रकार सम्मेलनमा बूढीगण्डकी आयोजना विकास समितिका पूर्वअध्यक्ष डा. लक्ष्मीप्रसाद देवकोटाले सरकारले वार्षिक बजेटको १ प्रतिशत रकम विनियोजन, पूर्वाधार कर र कल्याणकारी कोषको रकम परिचालन गरेर १ हजार २ सय मेगावाटको आयोजना बनाउन एक दशकमा २ खर्ब ६० अर्ब रुपैयाँ जुट्ने जानकारी दिए ।
६० मेगावाट क्षमताको त्रिशूली ३ ए आयोजना निर्धारित समयमा सम्पन्न गर्न नसकेको, २२ मेगावाटको चिलिमे आयोजनामा काम गर्न नसकेर ठेक्का तोडेको, सान्जेन जलविद्युत् आयोजनाको ठेक्का पाएर पनि काम नगरेपछि कालो सूचीमा रहेको र ३० मेगावाटको चमेलिया आयोजना समयमा काम गर्न नसकी १० वर्ष बढी समय लागेको आरोप लगाइएको छ ।
बूढीगण्डकी आयोजना दिने विषयमा आइतबारमात्रै ऊर्जामन्त्री जनार्दन शर्माले सीजीजीसँग एमओयुमा हस्ताक्षर गरेका थिए । बुढीगण्डकी तोकिएको समयभन्दा अगावै सम्पन्न हुने गरी सहमतिपत्रमा हस्ताक्षर गरेको उनले बताएका थिए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा