सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २५ , काठमाडौं,–नेकपा माओवादी केन्द्रले चयन गरेको मन्त्रीको विषयलाई लिएर नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईले प्रशंशा गरेका छन् । माओवादी केन्द्रको केन्द्रीय कार्यालय बैठकले नेताहरु कृष्ण बहादुर महरा, जनार्दन शर्मा र प्रभू शाहलाई मन्त्री बनाउने निर्णय गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाएको थियो ।
भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यस पटक माकेले मन्त्रीहरूको चयन राम्रैसंग गरेछ ! महरा, जनार्दन र प्रभुलाई हार्दिक वधाइ तथा सफलताको शुभकामना ! साथै नेकाका मन्त्रीहरूलाई पनि !’ पछिल्लो समय माओवादी केन्द्रकाे आलोचकका रुपमा प्रस्तुत हुँदै अाएका भट्टराईले मन्त्री चयनको विषयमा माओवादीको प्रशंशा गरिरहँदा पार्टीभित्रकै नेता नारायणकाजी श्रेष्ठले भने मन्त्री चयनमा असन्तुष्टि जनाएका छन् ।
यस पटक माकेले मन्त्रीहरूको चयन राम्रैसंग गरेछ! महरा, जनार्दन र प्रभुलाई हार्दिक वधाइ तथा सफलताको शुभकामना! साथै नेकाका मन्त्रीहरूलाई पनि!
— Baburam Bhattarai (@brb1954) June 7, 2017
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा