• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ३, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

      बाजुरामा सवारीको ठक्करबाट विद्यार्थी गम्भीर घाइते

      गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँका नोट आजदेखि चलनचल्तीमा

      रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने पर्यटन व्यवसायी पाण्डेको तयारी  

      फिफा विश्वकप : मेस्सीको ह्याट्रिकसँगै अल्जेरिया विरुद्ध अर्जेन्टिनाको सानदार जित

      कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी बने मोरङ ट्राफिक प्रमुख न्यौपाने

      प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

      विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै

      बाजुराको मार्तडी-कोल्टी सडक खण्डको जिल्ली पहिरो, रोकथाममा प्रयास,विद्यालय भने जोखिममै

      आजको मौसम : तराई भूभागका केही स्थानमा तातो दिन हुने सम्भावना

      मुक्तिनाथमा पर्यटकको चाप, भारतीयको संख्या उल्लेख्य 

      तलब माग गर्दै मधेश प्रदेशका १३६ स्थानीय तहमा कार्यरत प्रयोगशालाकर्मीहरु आन्दोलित

      कानुनी परिधिभित्र रहेका शैक्षिक व्यवसायलाई राज्यले लखेट्दैन : सहसचिव सापकोटा

      डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले गरे आत्महत्या

      नेपालको शिक्षामा ‘लर्निङ क्राइसिस’ देखियो : डा. महाश्रम शर्मा

    होमपेज /  लाईफस्टाईल

    ‘सबैखाले हेपाटाइटिसको उपचार नेपालमै संभव छ’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ श्रावण १२, शनिबार (१ साल अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
  • ७०१ पटक पढिएको
  • ‘अहिलेसम्म कलेजोलाई पब्लिक हेल्थ इस्यू मानिएको छैन् । हेपाटाइटिस ‘ए’,‘ई’ र हेपाटाइटिस ‘बि’ र ‘सि’लाई जनस्वास्थ्यको मेजर थ्रेट मान्नुपर्ने हो तर त्यसो भएको पाइँदैन् । सरकारको तर्फबाट लिभर हेल्थको लागि जति काम कारवाही हुनुपर्ने हो त्यो भएको छैन् ।’
    प्रा.डा.दिलिप शर्मा
    कलेजो रोग विशेषज्ञ
    वीर अस्पताल

    हेपाटाइटिसका बारेमा मानिसहरु धेरै जानकार छैनन् । चासोको विषय पनि ठानिरहेका छैनन् । सरकार पनि यसबारेमा त्यतिधेरै गम्भीर भएजस्तो लाग्दैन् । तर कम विकसित मुलुकहरुमा ढल र पानीको व्यवस्थापन राम्रोसँग नभएकाले मानिसहरु कलेजो सम्बन्धी रोगबाट पीडित भइरहेका छन् । खासगरी बर्खायाममा भाइरल हेपाटाइटिस ‘ई’ र भाइरल हेपाटाइटिस ‘ए’ जसलाई साधारण भाषामा जन्डिस भनेर बुझ्छौं । जन्डिसको समस्या विशेषगरी बर्खायाम बढी देखिन्छ ।

    खानाको माध्यमबाट, फोहोर पानीबाट शरीरमा हेपाटाइटिस ‘ए’ र हेपाटाइटिस ‘ई’ भाइरस प्रवेश गरिसकेपछि जन्डिसको लक्षणहरु देखिन्छ । यस्तो लक्षण हरेक वर्ष देखिने गर्छ । कुनैबेला अलि धेरै मात्रामा देखिन्छ र कुनैबेला थोरै देखिने गर्दछ । यस्तो समस्या खानापानका कारण नै हो देखिने । राम्रोसँग नउमालेको पानी, राम्रोसँग नपकाएको वा कुकरमा नपकाएको खाना खाँदा भाइरसहरु देखिनसक्छ । हाम्रोजस्तो मुलुकमा वर्षायाममा यस्तो समस्याहरु बढी मात्रामा देखिनेगर्छ ।
    पानीको व्यवस्था कमजोर भएको ठाउँमा रोगको समस्या बढी देखिन्छ । जहाँ मानिसहरुको धेरै बसोबास छ त्यहाँ बढी जोखिम हुन्छ । राजधानी काठमाडौंको कुरा गर्ने हो भने पनि पानीको मात्रा निकै कमजोर छ, जताततै पानी र ढलका पाइपहरु छन् । पाइपहरुलाई व्यवस्थापन गर्ने क्रममा फुटेर फोहोर मिसिएको ढलसँग जोडिन पुग्छन् र सहरी क्षेत्रमा यसैको कारणले भाइरल हेपाटाइटिस बढी देखिने गर्छ । बाटो किनारमा बेच्न राखिएका पानीपुरी, चटपटे, चिया पसलतिर प्रयोग गरिएको पानी ठिक छैन भने त्यसबाट हेपाटाइटिस ‘ई’ र ‘ए’ लाग्ने गर्दछ ।

    हेपाटाइटिस र लिभरसिरोसिज

    वास्तवमा हेपाटाइटिस भनेको कलेजोमा देखिने रोग हो । यो दुई किसिमको हुन्छ । एउटा फोहोर पानीबाट सर्ने किसिमको हुन्छ । जुन ‘ई’ र ‘ए’ हो भने अर्को ‘बि’ र ‘सी’ भन्ने हुन्छ । यस्ता रोगहरु तराई, हिमाल, पहाडमा जहाँपनि देखिने गर्छ । कुनै भुगोलमा कम मात्रामा देखिएला ।

    लिभरसिरोसिज भनेको कलेजोमा पटक पटक ईन्फेक्सन, फाइब्रोसिज हुँदै गइसकेपछि कलेजो कडा हुँदै जान्छ । कलेजोले जुन हिसाबले काम गर्नुपर्छ वा जुन चिज उत्पादन गर्नुपर्छ त्यसको स्टकचरमै समस्या आइसकेपछि लिभरसिरोसिज हुन्छ । लिभरसिरोसिज धेरै कारणले हुन्छ । भाइरल हेपाटाइटिसको उपचार समयमै गर्न सकिएन भने लिभरसिरोसिज हुन्छ । हाम्रोजस्तो मुलुकमा रक्सीको कारणले र कसैमा जन्मजातै लिभरसिरोसिज देखिने गर्छ । तर लिभरसिरोसिज आजको दिनमा हाम्रो जस्तो मुलुकमा ठुलो समस्या बन्दै गइरहेको छ । विशेषगरी वीर अस्पतालमा गयौं भने ४० जना बिरामी वार्डमा भर्ना छन् भने त्यसमा करिव ८० प्रतिशत व्यक्ति रक्सीको कारणले कलेजो कडा भएर लिभरसिरोसिज भएको पाइएको छ । लिभर सिरोसिज भइसकेपछि सिरोसिसमार्फत समयमै उपचार भएन भने क्यान्सर पनि हुनसक्छ ।

    क्यान्सरको जोखिम

    हेपाटाइटिस सामान्य भाषामा बुझ्ने हो भने यो ‘ए’ देखि ‘ई’ सम्म हुने भएकाले हरेक स्टेजमा सजक रहनुपर्ने हुन्छ । ‘ए’ र ‘ई’ फोहोर पानीबाट सर्ने गर्दछ भने ‘बी’, ‘सि’ र ‘डि’ इन्फेक्सन भइसकेपछि लामो समयसम्म शरीरमा रहिरहन्छ । त्यसकारण हेपाटाइटिस ‘बी’ र ‘सि’ क्रोनिक भएर समयमै उपचार गरिएन भने लिभरसिरोसिज क्यान्सर हुने गर्दछ ।
    हेपाटाइटिसबारे बुझ्दाखेरी लामो समयदेखि राष्ट्र«लाई आर्थिक रुपमा अप्ठ्यारो पार्ने चाहीँ क्रोनिक हेपाटाइटिस ‘बी’ र ‘सि’ हो । हेपाटाइटिस ‘ए’ र ‘ई’ को चाहीं सजिलै तरिकाबाट उपचार सम्भव हुनेगर्छ । रोकथाम पनि सम्भव छ । ‘बि’ र ‘सि’ चाहीं विभिन्न पोलिसी, लेवलमा उपचार गर्दै अगाडि बढ्नुपर्छ । हाम्रो देशमा हेपाटाइटिस ‘बि’ र ‘सि’को उपचार सम्भव छ । अहिले अन्तर्राष्ट्रिय जगतमा औषधि उत्पादन भएका छन् । त्यस्तो औषधि हाम्रो देशमा पनि उपलव्ध छ ।

    पहिला हेपाटाइटिस ‘सि’को उपचार खर्च धेरै लाग्ने गर्दथ्यो । करिब पाँचदेखि १० लाख लाग्ने गर्दथ्यो । तर हिजोआज करिब एक लाख रुपैंयाँमा हेपाटाइटिस ‘सि’ को उपचार गर्न सकिन्छ । १२ हप्ताको औषधि प्रयोग गरिसकेपछि बिरामी राम्रो हुने गर्दछ । तर हेपाटाइटिस ‘बि’ को भाइरस अलि फरक प्रवृत्तिको हुन्छ । यसका लागि औषधि लामो समयसम्म खानुपर्ने हुन्छ । कसैले दुईवर्ष, कसैले चारवर्ष, कसैले पाँच वर्ष र कसैले जीवनभरी यसको औषधि खानुपर्ने हुन्छ । हाम्रो मुलुकमा हेपाटाइटिस ‘बि’ र ‘सि’ दुवैको उपचार नीजि र सरकारी दुवै स्वास्थ्य केन्द्रमा गरिन्छ ।

    संक्रमण र लक्षण

    फोहोर पानीबाट सर्ने हेपाटाइटिस ‘ए’ बढीजसो बच्चाहरुमा देखिन्छ । हेपाटाइटिस ‘ई’ वश्यकमा देखिन्छ र हेपाटाइटिस ‘बि’ र ‘सि’ चाहीँ प्रायजसो स्क्रिनिङ गर्यौं भने मात्र पत्ता लाग्नसक्छ र यदी आमामा समस्या छ भने बच्चामा पनी सर्ने गर्दछ ।

    हेपाटाइटिस ‘बि’ र ‘सि’ सर्ने माध्यम भनेको शारीरिक सम्र्पकबाट, तरल पदार्थबाट र रगतजन्य पदार्थबाट सर्ने गर्दछ । अपरेशन गर्दा, दुर्घटना पर्दा या हाइरिक्स बानीले गर्दा यो चाहीँ बयस्कमा बढी देखिने गर्दछ । हेपाटाइटिस भनेको भाइरल रोग हो । भाइरसले गर्दा हुने समस्या हो । जसरी अरु भाइरसहरु सर्ने गर्दछन् त्यसरी नै सर्दछ । यसको लक्षण देखिदा खान मन नलाग्ने, जिउँ दुख्ने, ज्वरो आएजस्तो हुने गर्दछ । आँखा पहिलो हुने, जिउँ पहेंलो हुने, वाकवाकी लाग्ने र लिभर टेस्ट गर्दा रिपोर्ट बिग्रेको देखाउँछ । अनि त्यसको लेवलहरु पत्ता लाग्दै जान्छ ।

    लिभरसिरोसिज भएपछि भने धेरै कुरामा ख्याल गर्नुपर्छ । रक्सी खाने बानी छ भने बन्द गर्नुपर्छ । अन्य रिक्स फ्याक्टरबाट टाढा रहनुपर्छ । सामान्य अवस्थामा रह्यौं भने लिभर ट्रान्सफर गर्नु पर्दैन । तर पटक पटक अस्पताल भर्ना हुनुपर्ने अवस्था छ,पेटमा पानी भरिएर इन्फेक्सन भयो वा रगतका नसाहरु फुलेर रक्तस्राव भयो भने त्यो बेला कलेजो प्रत्यारोपण गर्नुपर्दछ ।

    कोभिड हुँदा त्यसको इन्फेक्सन लिभरमा हुने गर्छ । कोभिडले असर नगर्ने कुनै अंग नै छैन । मुटुमा, फोक्सोमा, ब्रेनमा, लिभरमा सबैतिर असर गर्ने भएकाले खासगरी लिभर इन्जाइम बढेर आउने विरामी धेरै हुन्थे । कलेजो प्रत्यारोपण अर्थात लिभर ट्रान्सप्लान्ट चाहीँ कुन कारणले लिभर सिरोसिज भएको हो त्यस आधारमा गर्ने हो । समयमै पत्ता लाग्यो भने लिभर ट्रान्सप्लान्ट गर्नु पर्दैन् । लिभर ट्रान्सप्लान्ट गरिसकेपछि डराइरहनु पर्दैन । स्वस्थ्य भएर बाँच्न सकिन्छ ।

    हेपाटाइटिस लाग्नै नदिन दूषित पानी तथा खानेकुरा खानै हुँदैन् । खाना खानु अगाडि साबुन पानीले राम्ररी हात धुने गर्नुपर्छ । सफा बस्ने, मौसम अनुसारका फलफूलहरू सफा गरेर खाने गर्नुपर्दछ । वर्षायाममा पानीका मुहानहरु फोहोर हुने सम्भावना भएकाले त्यसमा चनाखो बन्नुपर्छ ।

    पानी राम्ररी उमालेर मात्र सेवन गर्ने, गर्भवती महिलाले चिकित्सकसँगको सल्लाह अनुसार हेपाटाइटिसविरुद्धको खोप लगाउने र बच्चालाई पनि हेपाटाइटिस विरुद्धको खोप लगाउने गर्न सकियो भने यो रोगबाट बच्न सकिन्छ । लागूऔषध र मादक पदार्थ सेवनबाट टाढा रहनुपर्छ ।

    सरकारी चासो न्यून

    अहिलेसम्म कलेजोलाई पब्लिक हेल्थ इस्यू मानिएको छैन् । भाइरल हेपाटाइटिस ‘ए’,‘ई’ र भाइरल हेपाटाइटिस ‘बि’ र ‘सि’लाई जनस्वास्थ्यको मेजर थ्रेट मान्नुपर्ने हो तर त्यसो भएको पाइँदैन् । सरकारको तर्फबाट लिभर हेल्थको लागि जति काम कारवाही हुनुपर्ने हो त्यो भएको छैन् ।

    यस विषयमा सरकारले बढी गम्भीर भएर लाग्नुपर्छ । जसको डाइनोसिस भयो त्यसको औषधि गर्नको लागि पहुँच आवश्यक पर्छ । त्यसका लागि स्वास्थ्य विमा कार्यक्रम संचालन गरिदियो भने सहज हुन्छ । अन्य सेवा सुविधा विस्तार गरेर हेपाटाइटिसका सबैखाले जोखिम न्यूनीकरणका लागि सरकारले काम गर्नुपर्छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बीमा कार्यक्रमलाई दीर्घकालीन रूपमा धान्न सकिनेगरी पुनर्संरचना गरिने

    म्याद गुज्रिएको औषधि र जथाभावी टुक्र्याएर खाने बानी स्वास्थ्यका लागि जोखिमपूर्ण

    स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

    मुटुरोग सम्बन्धी परीक्षण कसरी गरिन्छ ?

    अवैध रूपमा ‘डाक्टर’ उपाधि प्रयोग गरे कारबाही हुने

    सांसद अवालद्वारा क्यान्सर औषधि अभावबारे सरकारको ध्यानाकर्षण

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक

    अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र…

    बाजुरामा सवारीको ठक्करबाट विद्यार्थी गम्भीर घाइते

    गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँका नोट…

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले…

    पेट्रोलियम पदार्थको मूल्य स्थिर

    सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट,…

    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

    आर्थिक

    गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँका नोट आजदेखि चलनचल्तीमा

    स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

    इलामका चिया उद्योग बन्द, लाखौं किलो चिया थन्कियो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑