सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
जेठ २३, काठमाण्डौ । ब्यवस्थापीका संसदबाट दुई तिहाई बहुमतबाट भावी प्रधानमन्त्रिका एक्ला उमेदवार काग्रेस नेतृत्वको सरकार नेपालले पाउनै लाग्दा लगानीकर्ताहरु हौसीएर बजारमा आज दिनैभर हरियो देखियो ।
लामो समयसम्म सामान्य गिरावट र स्थिर अवस्थामा रहेको बजारले मंगलबार ३५ अंकले उक्लिएको छ। मंगलबार नेप्से परिसूचकमा उछाल मात्र आएन, कारोबार रकममा पनि फराकिलो अन्तरको वृद्धि देखिएको छ ।
आज बजार ३४ दशमलव ७२ अंकले नेप्से बढेर १६ सय ३७ अंकमा अडेको छ । कुल १ सय ४८ कम्पनीको ९१ करोठ १६ लाख रुपैयाँको सेयर किनबेच भएको छ। कारोबार सुरु भएदेखि नै उक्लिएको नेप्से आज दिनभर रातो हुन पाएन।
मंगलबार उत्पादनमूलक बाहेक सबै समूहको सूचकमा उत्साहजनक वृद्धि भयो । वाणिज्य बैंक समूह ३५।८२ अंकले वृद्धि हुँदा बिमा समूह र विकास बैंक समूह क्रमशः १७२।५७ अंक र ३५।३८ अंकले बढ्यो । यस्तै, बित्त समूह, जलविद्युत, होटल र अन्य समूह क्रमशः ७।३१, ३५।६८ र १५।६२ अंकले बढेका छन् । उत्पादनमूलकमा चाहि १४।०६ अंकको गिरावट देखियो ।
मंगलबार बजारमा १ सय ४८ कम्पनीका कुल १४ लाख ९६ हजार ८ सय ९३ कित्ता सेयर ९१ करोड १६ लाख ८२ हजार १६ रुपैयाँमा किनबेच भयो ।
यो दिन सबैभन्दा बढी सिभिल बैंक लिमीटेडले कारोबार गर्यो । यो बैंकले ७ करोड २५ लाख बढीको कारोबार गर्यो ।
मुक्तिनाथ विकास बैंकको मूल्य १० प्रतिशतले वृद्धि भयो । यस्तै, आरएसडिसी लघुवित्त बित्तीय संस्था, वल्र्ड मर्चेन्ट बैकिंग र एण्ड फाइनान्सको सेयर मूल्य पनि १० प्रतिशतकै हाराहारीमा वृद्धि भयो । सिनर्जी हाइडोले ९ प्रतिशतको हाराहारीमा कमायो भने महिला सहयात्रा माइक्रोफाइनान्सको मूल्य साढे ८ प्रतिशतको हाराहारीमा वृद्धि भयो।
काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत... विस्तृतमा