• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र २९, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • तीजको अवसरमा प्रथम महिला सविता पौडेलद्वारा पशुपतिनाथमा पूजाअर्चना

      बाढी प्रभावित क्षेत्रका सडक असोजभित्रै सञ्चालन गरिने, कर्मचारी संयन्त्रको कार्यशैलीप्रति स्थानीय तहको शंका

      रास्वपा संसदीय दलका सदस्यले प्रधानमन्त्री राहत कोषमा जनही १५ हजार योगदान गर्ने

      सरकारले देश जलाउने काम गर्‍यो, राजसंस्थाबिना राष्ट्रको रक्षा हुन सक्दैन : दुर्गा प्रसाईं

      बालेनको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका पालिका अध्यक्ष पक्राउ

      भोटेकोशी बाढीपछि सरकारको उद्धार प्रयासको जनप्रतिनिधिद्वारा प्रशंसा

      बालेन सरकार विघटन गरी ‘नयाँ सरकार’ गठन गर्न जेनजी मुभमेन्टको माग

      तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

      ‘केटी मिलाइदिन्छु’ भन्दै भिडियो बनाएर पोस्ट गर्ने युवक पक्राउ

      विमानस्थलमा दुर्गा प्रसाईँ र प्रहरीबीच धकेलाधकेल, एक जना पक्राउ

      २०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

      मिडियामा एआईको प्रयोगमाथि पत्रकारिताका नेपाली विद्यार्थीलाई चीनमा प्रशिक्षण

      अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

      चिलिमे टनेलमा रातभर उद्धार कार्य

      हरितालिका तीज : आस्था, साधना र परम्पराको पर्व

    होमपेज /  प्रदेश

    सुदूरपश्चिम सरकार : माधवको अडानमा दाहाल र ओलीको यु–टर्न

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८१ बैशाख ५, बुधबार (२ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ८८७ पटक पढिएको
  • काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकार गठनको विषयले सत्ता गठबन्धनमा निम्तिएको संकट तत्कालका लागि टरेको छ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो दललाई मुख्यमन्त्री नदिए गठबन्धन नै छोड्नेसम्मको चेतावनी दिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओली यु–टर्न भएका छन् ।

    सुदूरपश्चिममा ओली र दाहालले नागरिक उन्मुक्तिलाई मुख्यमन्त्री दिने बचनबाट पछि हटेका हुन् । एकीकृत समाजवादीले नै मुख्यमन्त्री पाउने भएपछि सत्ता गठबन्धनमा देखिएको संकट तत्काललाई टरेको छ ।

    गठबन्धनमा पहिले भएको समझदारी विपरीत एमाले अध्यक्ष ओलीले सुदूरपश्चिमको मुख्यमन्त्री नागरिक उन्मुक्ति पार्टीलाई दिन दबाब दिएपछि प्रधानमन्त्री दाहालले पनि सहमति दिएका थिए । सुदूरपश्चिममा एमाले र माओवादी केन्द्रको समर्थनमा उन्मुक्तिका अध्यक्ष रञ्जिता चौधरी पक्षधर कैलाश चौधरीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।

    तर सहमति अनुसार मुख्यमन्त्री नपाउने भएपछि एकीकृत समाजवादीले नागरिक उन्मुक्तिकै संरक्षक रेशमलाल चौधरी पक्षधर लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा अघि सारेर कांग्रेससँग बैकल्पिक गठबन्धन बनाएका थिए । जबकि समाजवादी पछि नहटेको अवस्थामा बैकल्पिक गठबन्धनकै सरकार बन्ने सम्भावना समेत थियो ।

    सत्ता गठबन्धन केन्द्रको निर्णयबमोजिम नै सुदूरपश्चिमका प्रदेश प्रमुख नजिर मियाँले पुनः मुख्यमन्त्रीमा दाबी पेस गर्ने समय तोकेका छन् । पहिले परेका दाबी खारेज गर्दै नयाँ आह्वान भएपछि उनको कदमलाई लिएर कांग्रेसले भने कानूनी प्रश्न उठाएको छ ।

    कांग्रेसले नागरिक उन्मुक्ति पार्टीको एउटा पक्ष र एकीकृत समाजवादीलाई साथ लिएर बैकल्पिक गठबन्धनको सरकार बनाउने प्रयास गरेको थियो । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहले बहुमतका आधारमा आफूहरूले समर्थन गरेका सांसद लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्री नियुक्त गरिनुपर्ने भएपनि प्रदेश प्रमुखले कानूनविपरीत कदम चालेको आरोप लगाए ।

    तर एकीकृत समाजवादीले गठबन्धन छोड्दा त्यसको प्रभाव अन्य प्रदेशहरू र केन्द्र सरकारमा समेत पर्ने भएकाले प्रधानमन्त्री दाहाल र ओली झस्किएका छन् ।

    सुदूरपश्चिममा सरकारको नेतृत्व नपाए गठबन्धन छोड्ने चेतावनी दिएपछि मंगलबार विहान प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँग छलफलपछि समाधान निकालेका थिए ।

    यता सत्ता गठबन्धनकै कारण सुदूरपश्चिमबाट उदय भएको नागरिक उन्मुक्तिमा विवाद चर्किएको छ । उन्मुक्तिकी अध्यक्ष चौधरी वर्तमान गठबन्धनमै सामेल हुन तयार छिन् भने संरक्षक चौधरी तत्काल सत्तामा जान नहुने पक्षमा उभिए । चौधरीद्धयको झगडाले उन्मुक्ति पार्टी फुटको संघारमा पुगेको छ । उन्मुक्तिले भने आफ्नै पार्टीभित्रको झगडा मिलाउन नसक्दा भागमा परिसकेको मुख्यमन्त्री पनि गुमाएको छ ।

    अब सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादीका दीर्घ सोडारीको नेतृत्वमा नयाँ सरकार बन्ने लगभग निश्चित भएको छ । प्रदेश प्रमुख मियाँले बुधबार बलेुका ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका छन् । एमाले र माओवादी केन्द्रको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गर्ने सोडारीको तयारी छ । ५३ सदस्यीय प्रदेशसभामा हाल ५१ सदस्य बहाल छन् । त्यसमध्ये ४ जनामात्रै सांसद भएको एकीकृत समाजवादीले मुख्यमन्त्री पाउन लागेको हो ।

    प्रदेशसभामा माओवादी केन्द्रका सभामुखसहित ११, एमालेका १०, नागरिक उन्मुक्तिका ७, राप्रपाका १ र स्वतन्त्र १ सांसद छन् । १८ सिट भएको नेपाली कांग्रेस भने प्रतिपक्षमा छ ।

    एकीकृत समाजवादीका सोडारीले माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका १०, नागरिक उन्मुक्तिका २ र स्वतन्त्र १ समेत गरी बहुमत पु¥याएर मुख्यमन्त्री दाबी गर्न लागेका हुन् ।

    योसँगै सत्ता गठबन्धनले कोशी बाहेकका प्रदेशहरूमा सरकार गठन गर्नेछ । गण्डकी र कर्णालीमा एमाले, बागमती र लुम्बिनीमा माओवादी केन्द्र र मधेशमा जसपाको नेतृत्वमा सरकार बनेका छन् । कोशीमा पनि सत्ता गठबन्धन दलले कांग्रेस नेतृत्वको सरकार ढाल्न सकेका छैनन् । संविधानको धारा १६८ (५) बमोजिम सरकार भएका कारण कोशीमा गठबन्धनलाई नयाँ सरकार गठन गर्न सहज छैन । मुख्यमन्त्री केदार कार्कीले मध्यावधि निर्वाचनमा जाने भन्दै चुनौती दिइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बालेनको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका पालिका अध्यक्ष पक्राउ

    भोटेकोशी बाढीपछि सरकारको उद्धार प्रयासको जनप्रतिनिधिद्वारा प्रशंसा

    चिलिमे टनेलमा रातभर उद्धार कार्य

    प्रत्येक बालबालिकाको सुरक्षित बालापन र उज्ज्वल भविष्य सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ : सिता बादी

    सेनामा जर्नेल अनुपजंग थापालाई दिइयो दोहोरो जिम्मेवारी

    नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहले लिए शपथ

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    तीजको अवसरमा प्रथम महिला सविता पौडेलद्वारा पशुपतिनाथमा पूजाअर्चना

    बाढी प्रभावित क्षेत्रका सडक असोजभित्रै सञ्चालन गरिने, कर्मचारी…

    रास्वपा संसदीय दलका सदस्यले प्रधानमन्त्री राहत कोषमा जनही…

    सरकारले देश जलाउने काम गर्‍यो, राजसंस्थाबिना राष्ट्रको रक्षा…

    बालेनको बैठकमा सहभागी हुन सिंहदरबार पुगेका पालिका अध्यक्ष…

    भोटेकोशी बाढीपछि सरकारको उद्धार प्रयासको जनप्रतिनिधिद्वारा प्रशंसा

    चिलिमे टनेलमा रातभर उद्धार कार्य

    प्रत्येक बालबालिकाको सुरक्षित बालापन र उज्ज्वल भविष्य सुनिश्चित…

    आर्थिक

    तीजको दिन शेयर बजारमा हरियाली, नेप्से २५ अंकले बढ्यो

    अरुण भ्याली हाइड्रोपावरले ५ प्रतिशत बोनस सेयर दिने

    सुनको मूल्य ३४ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑