सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २० फागुन । उपत्यकासहित देशभरका अधिकांश स्थानमा बर्षा भईरहेको छ । जाडोको मौसममा परेको पानीले जाडो झन बढेको छ । झापाको काँकडभिट्टा र कञ्चनपुरको महेन्द्रनगरबाट दुई समुहमा २३ दिन पैदल हिंडेर फागुन १२ गते काठमाडौं आइपुगेका मिटरव्याज पीडित अहिले काठमाडौंको भृकुटीमण्डपभित्र बसेका छन् ।
उनीहरु भृकुटीमण्डपभित्र त्रिपालमुनी बसिरहेका छन् । पीडितहरुलाई अहिले पानी परेसँगै जाडो र बर्षाले सकसपुर्ण जिवन बिताइरहनु पर्नै बाध्यता छ ।
सरकारले मिटरव्याज पीडितहरुको समस्या समाधानका लागि कानुन संशोधन र जाँचबुझ आयोग गठन गरे पनि आफूहरुको समस्या समाधान नभएको भन्दै मिटरब्याज पीडितहरु पुनः न्याय खोज्दै काठमाडौं आएका हुन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा