सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २ बैशाख । मध्यपुरथिमी क्षेत्रमा आइतबार हर्षोल्लासका साथ प्रसिद्ध सिन्दुर जात्रा मनाइएको छ । प्रत्येक वर्ष बैशाख २ गते मनाइने ३२ खटसहितको सिन्दुर जात्रा मध्यपुरथिमीमा प्रसिद्ध छ । मूल देवता खटमा राखी धिमेबाजा र नाचगान सहित चिराग बाली सिन्दुरे जात्रा एक अर्कामा सिन्दुर दलेर आपसमा खुशी साटासाट गरेर मनाइने गरिन्छ । यो जात्रामा थिमी बासीले
प्रत्येक घर ,टोल प्रत्येक चोक, चौबाटो, पुग्दा घरका झ्याल, कौसी र छतबाट सिन्दुर एवं फूल बर्साएर मूल देवता बोकेको रथलाई स्वागत गर्ने गर्दछन् ।
तस्विर : बिजेन अमात्य
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा