सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बझाङ , १७ बैशाख ।। बझाङ प्रदेश सभा (१)मा सम्पन्न उपनिर्वाचनमा नेकपा एमालेका दमन भण्डारी निर्वाचित भएका छन् । उनी एमालेका जिल्ला अध्यक्ष हुन् ।
११ हजार ६ सय १२ मत पाएका भण्डारी दुई सय ६६ मतअन्तरले निर्वाचित भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी अभिषेक सिंहले ११ हजार ३ सय ४६ मत पाएका छन् । अभिषेक गत बर्ष दुर्घटनामा मृत्यु भएका पृथ्वीबहादुर सिंहका छोरा हुन् ।
यस्तै नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाले तीन हजार ८ सय ३१ मत प्राप्त गरेका छन् भने नेकपा (एकीकृत समाजवादी) का दिलबहादुर सिंहले दुई हजार ५ सय १४ मत प्राप्त गरेका छन् ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा