सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , १० वैशाख । इण्डियन प्रिमियर लिग आईपीएल अन्तर्गत गएराति भएको खेलमा गुजरात टाइटन्स विजयी भएको छ । मोहालीमा भएको खेलमा पञ्जाव किंग्सलाई तीन विकेटले हराउँदै टाइटन्स छैटौं स्थानमा उक्लिएको हो ।
राहुल टेवाटियाले १८ बलमा ३६ रनको योगदान दिएपछि पञ्जावले दिएको एक सय ४३ रनको लक्ष्य गुजरातले १९ ओभर एक बलमा सात विकेट गुमाउँदै हासिल हासिल ग¥यो । गुजरातका लागि शुभमन गिलले ३५ र साइ सुदर्सनले ३१ रन बनाए भने ऋद्धिमान साहा र अज्मतुल्लाह ओमरजाईले १३–१३ रनको योगदान दिए ।
बलिङतर्फ हर्सल पटेलले तीन विकेट लिए भने लियाम लिभिङस्टोनले दुई विकेट हात पारे ।
टस जितेर ब्याटिङ रोजेको पञ्जाबले २० ओभरमा सबै विकेट गुमाउँदै एक सय ४२ रन बनाएको थियो । यसका लागि प्राभसिमरन सिंहले ३५ रन बनाए भने हरप्रित भ्रारले २९ रन जोडे ।
पञ्जाबलाई सस्तो स्कोरमा रोक्नका लागि साई किशोरलेचार विकेट लिए भने मोहित शर्मा र नुर अहमदको नाममा दुई दुई विकेट रह्यो । जितसँगै गुज्रातले आठ खेलमा आठ अंक जोडेको छ समान खेलबाट चार अंक जोडेको पञ्जाब पुछारबाट दोस्रो स्थानमा छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा