सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं , वैशाख २०। युइएफए च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा जर्मन क्लब बोरुसिया डर्टमुन्डले अग्रता लिएको छ ।
बुधबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइनलाई १–० ले पराजित गरेको हो । डर्टमुन्डले पीएसजीमाथि जित निकाल्दा ३६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्न पुग्यो ।
जसका लागि निकलास फुलक्रुगले एकमात्र गोल गरेका थिए । निको श्लोटरबेकको पासमा गरेको गोलले अग्रता लिएको डर्टमुन्डले सोही अग्रता अन्तिमसम्म जोगाउँदै पहिलो लेगमा सफलता हात पारेको हो ।
दोस्रो लेग अर्को साता पीएसजीको मैदानमा हुने छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा