सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
पोखरा , १७ वैशाख । आठौं पोखरा स्पोर्ट्स अवार्ड २०८० का लागि ४ विधामा मनोनयन सार्वजनिक भएको छ । मनोनयन आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले लेकसाइडस्थित बुम¥याङ रेष्टुरेण्टमा पत्रकार सम्मेलन गर्दै सोमबार सार्वजनिक गरेको हो ।
यही वैशाख २८ गते पोखरा सभागृह हलमा हुने अवार्ड समारोहअन्र्तगत मनोनयनको वर्ष खेलाडी पुरुष विधामा क्रिकेटका अर्जुन कुमाल, टेनिसका प्रदीप खड्का र भलिबलका हिमाल सुनारी मनोनयनमा परेको मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए ।
वर्ष खेलाडी महिला विधामा आर्चरीकी अनुस्का शेरचन, भलिबलकी अरुणा शाही र आइटीएफ तेक्वान्दोकी सुस्मिता थापा मगर मनोनयनमा स्थान बनाए ।
१७ वर्ष मुनिका उदीयमान खेलाडी विधामा क्रिकेटकी ज्योत्सनिका मरासिनी, ब्याडमिन्टनकी दिलासा राना र एथलेटिक्सका बादल कार्की समावेश छन् । उत्कृष्ट प्रशिक्षक विधामा टेनिसका नीरज थापा, भलिबलका रमेश केसी र क्रिकेटका रिजन प्रजु पर्न सफल भएका छन् ।
स्पोर्ट्स अवार्डमा कुल ७ विधामा अवार्ड प्रदान गरिनेछ । बाँकी विधाहरु लाइफटाइम एचीभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेल संघ वा क्लब र पत्रकारिता अवार्डको घोषणा पछि सार्वजनिक गर्ने मञ्चले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा