सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २ बैशाख । बिस्काः जात्राअन्तर्गत आइतबार भक्तपुरको मध्यपुर थिमि बोडेमा हरेक वर्ष मनाइने ‘जिब्रो छेड्ने जात्रा’मा यस वर्ष पनि २८ वर्षीय सुजन बागस श्रेष्ठले जिब्रो छेडाएर जात्रालाई निरन्तरता दिएका छन्।
यसअघि नौपटकसम्म जिब्रो छेडाएका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठका कान्छा छोरा सुजनले गत वर्ष पहिलो पटक जिब्रो छेडाएका छन् ।
जिब्रो छेडाएका सुजनmेअर्धचन्द्राकारको महादीप बोकेर बोडेको महालक्ष्मीलगायत विभिन्न शक्तिपीठ परिक्रमा गरेका थिए।
मध्यपुर ठिमी– २ मा रहेको गणेशको मन्दिर अगाडि रहेको पाटीमा नकर्मी नाइकेले एक फिट लामो फलामको सुइरोले जिब्रो छेडिदिएका हुन् ।
जिब्रो छेड्ने व्यक्तिले तीन दिन अघिदेखि नै केही नखाई व्रत बस्नुपर्ने नियम छ। त्यसो नगरेमा जिब्रो छेड्दा दुख्ने, रगत आउने र बिघ्नबाधा आउने जनविश्वास छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा