सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रसुवा, १४ जेठ । स्थानीय तहको निर्वाचन पछि बहुचर्चित धुन्चे–गोसाइँकुण्ड केबुलकार निर्माणमा प्राथमिकता दिइने भएको छ ।
गोसाइँकुण्ड गाउँपालिका अध्यक्ष कैसाङ नुर्पु तामाङका अनुसार हिन्दू तथा बौद्ध मार्गीको आस्थाको धरोहरको रूपमा रहेका पवित तीर्थ गोसाइँकुण्ड पुग्नका लागि लौरी विनायकको उकालो उक्लिन गाह्रो भएका कारण केबुलकारको अवधारणा अघि बढाइएको हो ।
अठार किमी दूरीको केबुलकार निर्माण भए वर्षेनी गोसाइँकुण्ड पुग्ने लाखौँ भक्तजनलाई सुविधा हुने, आन्तरिक एवम् बाह्य पर्यटक बढ्ने र यस क्षेत्रको आर्थिक विकासमा समेत टेवा पुग्ने भएकाले कार्यान्वयन प्रक्रिया छिटो अघि बढोस् भन्ने सबैको चाहना रहेको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताउनुभयो ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा