सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं, १२ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फोन गरेर बधाइ दिएका छन् । नेपालमा स्थानीय निर्वाचन सफल भएकोमा प्रधानमन्त्री दाहाललाई बधाई दिएका हुन् ।
प्रधानमन्त्री मोदीले ‘प्रचण्ड’ लाई विहिबार साँझ टेलिफोन गरी निर्वाचनप्रति खुसी व्यक्त गर्दै बधाई दिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।
भारतीय प्रधानमन्त्री मोदीले देशलाई स्थानीय तहको निर्वाचनमार्फत शान्ति, सुशासन र स्थायित्वको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गरेका थिए । टेलिफोन वार्तामा प्रधानमन्त्री प्रचण्डको कार्यकालमा महत्वपूर्ण उपलब्धि भएकोमा पनि भारतीय प्रधानमन्त्री मोदीले प्रशंसा गरेका छन्।
भोलि मे १२ तारिख नेपाल र चीनबीच बीआरआईको साझेदारीपत्रमा हस्ताक्षर भएको पाँच वर्ष पुग्दैछ। सन् २०१७ को मे १२ मा यो साझेदारीपत्रमा हस्ताक्षर भए यताका पाँच वर्षमा चीनका... विस्तृतमा