सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, ३ माघ । मधेश प्रदेश सरकारले आज पहिलो स्वाभिमान दिवस भव्यताका साथ मनाउँदै छ। माघ ३ गतेका दिन प्रदेश नं. २ बाट मधेस प्रदेश नामकरण गरिएको र प्रदेशको राजधानी जनकपुरधाम तोकिएको सम्झनामा प्रदेश सरकारले आज स्वाभिमान दिवस मनाउन लागेको हो।
मधेश सरकारका प्रवक्ता समेत रहेका गृहसञ्चार तथा कानुन मन्त्री मोहम्मद समिमका अनुसार गत बिहीवार बसेको मन्त्रीपरिषद् बैठकले अबदेखि हरेक वर्ष माघ ३ मा स्वाभिमान दिवस मनाउने तर, सार्वजनिक बिदा भने दिइने छैन।
उनले जनकपुरधामस्थित महेन्द्र नारायाण निधि मिथिला संस्कृति केन्द्रमा अहिले ११ बजे विशेष कार्यक्रमको आयोजना गरिँदै छ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा