सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौंडा, १४ फागुन । बागमती प्रदेश सरकारमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का ३ जना मन्त्रीले पदबाट राजीनामा दिएका छन्।
केन्द्र सरकारबाट बिहिरिएको राप्रपाले प्रदेशबाट पनि बाहिरिने निर्णय गरेको हो । मुख्यमन्त्री शालिकराम जम्मकट्टेललाई तिनै जना मन्त्रिले राजीनामा बुझाएका हुन्।
मुख्यमन्त्रीसमक्ष राप्रपाका तर्फबाट सरकारमा सहभागी राप्रपा संसदीय दलका नेतासमेत रहेका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री उद्धव थापा, पर्यटन, उद्योग तथा सहकारीमन्त्री डम्बर तामाङ र वन तथा वातावरणमन्त्री राजु विष्टले राजीनामापत्र बुझाएका हुन्।
बागमती प्रदेशसभामा राप्रपाका १३ सदस्य छन्।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा