• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

      धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड (तस्विरहरू)

      अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र जारी

      फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

      आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

      अमेरिका–इरान वार्ता स्विट्जरल्यान्डमा हुँदै, होर्मुज जलडमरू के होला ?

      ११ बर्षपछि रोनाल्डिन्होको सनसनीपूर्ण पुनरागमन

      रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

      छोरी बोकेर रास्वपा महाधिवेशनमा भाग लिन चितवन पुगे प्रधानमन्त्री बालेन शाह

      कुरासाओको उत्कृष्ट प्रदर्शन, जर्मनी नकआउट चरणमा

      बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

      रास्वपाको पहिलो महाधिवेशन स्थलमा पानी जमेपछि माटो हालिँदै

      बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

      फिफा विश्वकप : स्विडेनलाई ५–१ ले पराजित गर्दै नेदरल्यान्ड्सको शानदार जित

      गृहमन्त्रीले गरे रास्वपा महाधिवेशन स्थलको निरीक्षण 

    होमपेज /  मुख्य समाचार

    रौतहट २ र ३ मा काङ्ग्रेसकै दाबी, माओवादी हाबी

    यज्ञराज उपाध्याय

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७९ भाद्र ३१, शुक्रबार (३ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ८५० पटक पढिएको
  • काठमाडौं, भाद्र ३१ । रौतहटमा गठबन्धनको तर्फबाट २ वटा क्षेत्रको सिट बाँडफाँडमा कुरा मिलेपनि बाँकी २ क्षेत्रमा कुरा मिल्न सकेको छैन । संघीय संसद प्रतिनिधि सभाका प्रत्यक्ष तर्फ क्षेत्र नम्बर १ नेकपा (एकीकृत समाजवादी) को भागमा परेको छ भने क्षेत्र नम्बर ४ नेपाली काङ्ग्रेसको । क्षेत्र नम्बर १ नेपालको क्षेत्रसमेत भएकाले पनि उक्त समाजवादीको लागि छाड्न अन्य दल सहमत देखिन्छन् ।

    मतको अंकगणित र २०७४ को चुनावको अवस्थाका आधारमा सिट बाँडफाँड गर्नुपर्ने नेपाली काङ्ग्रेस रौतहट जिल्ला सभापति जितेन्द्र यादवले बताएका छन् । सेतो खबरसँग कुरा गर्दै उनले रौतहटको क्षेत्र नम्बर १ बाहेक बाँकी तिनैवटा क्षेत्रमा काङ्ग्रेसको पकड राम्रो भएकाले केन्द्रले त्यही अनुसार सिट बाँडफाँड गर्नुपर्ने बताए ।

    उनी आफू क्षेत्र नम्बर ३ को उम्मेदवार बन्न चाहेकाले पनि त्यसलाई समेत गुमाउन नचाहने मनस्थितिमा देखिन्छन् । २०७४ को चुनावमा नेकपा (माओवादी केन्द्र) बाट प्रभु शाहले उनलाई पराजित गरेकाले उक्त क्षेत्रमा माओवादीले पनि दाबी गरिरहेकै छ । यस क्षेत्रमा समाजवादीको पनि दाबी देखीन्छ । प्रभु शाह नेकपा (एमाले) मा प्रवेश गरेकाले अब काङ्ग्रेस नै बलियो रहेको जिल्ला सभापति यादवले दाबीसमेत गरेका छन् । “रौतहटको हकमा क्षेत्र नम्बर १ बाहेक तिनवटै क्षेत्रमा हामी बलियो छौं,” उनले भने, “क्षेत्र नम्बर ३ को पहिलाको उम्मेदवार भएकाले यो पटक पनि उम्मेदवारको आकांक्षी हुँ । केन्द्रले त्यही अनुसार निर्णय गर्नुपर्छ ।”

    नेपाली काङ्ग्रेस रौतहटका एक युवा नेताका अनुसार क्षेत्र नम्बर ३ मा माओवादीबाट चुनाव जितेर एमाले गएका प्रभु शाहका मान्छेहरुले दाबी गरिरहेका छन् । क्षेत्र नम्बर २ मा अघिल्लो चुनाव पनि काङ्ग्रेसले जितेपनि माओवादी र जसपाले दाबी गरिरहेकै छन् । क्षेत्र नम्बर ३ मा जिल्ला सभापतिसमेत आकांक्षी देखिएकाले २ भन्दा विवाद अलि बढी देखिएको छ । उनले यसलाई विवादभन्दा पनि सिट तानातानको काम भइरहेको समेत बताएका छन् ।

    सिट बाँडफाँडका लागि विभिन्न दलका नेताहरुको प्रतिनिधित्व हुने गरि बनाइएको कार्यदलका एक नेताका अनुसार अहिलेलाई प्रत्यक्षतर्फको सिट बाँडफाँडको काम रोकिएको छ । अब समानुपातिकको बन्दसूची तयार भएपछि फेरि सिट बाँडफाँटबारे सहमति खोजिने छ ।

    लेखकको बारेमा

  • यज्ञराज उपाध्यायलेखकबाट थप
  • RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

    अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र जारी

    फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो हुन थाल्ने

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला अस्पताल ल्याइयो, एक जनालाई अछाम रेफर

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    हुम्लामा ४.१ म्याग्निच्युडको भूकम्प

    धार्मिक आस्था र प्राकृतिक सौन्दर्यको अनुपम संगम: दूधकुण्ड…

    अन्तर्राष्ट्रिय सहकारी महिला सम्मेलन २०२६ : काठमाडौं घोषणापत्र…

    फिटनेस अभिनेत्री शिल्पा शेट्टीको योग 

    आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लामो…

    रास्वपाको महाधिवेशनमा गगन थापा पनि जाने

    बाजुरा बस दुर्घटना अपडेट : २३ जनालाई जिल्ला…

    यस्ता छन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरु

    आर्थिक

    बैंकका सिइओको तलब वृद्धिमा राष्ट्र बैंकको कडाइ: फोन, गाडी र ल्यापटपबाहेक बढी सुविधा लिन नपाउने

    आईसीएयूआरको विद्युतीय एसयूभी ‘सुपर भी २३’ ले जित्यो रेड डट डिजाइन कन्सेप्ट २०२६ अवार्ड

    सीताराम गोकुल मिल्कले बजारमा ल्यायो आइसक्रिम र मही

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑