सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बारा, १० जेठ । बाराको पचरौता नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेकपा एमाले विजयी भएको छ । एमालेको तर्फबाट मेयर पदमा उम्मेदवार रहेका जलन्धर सिंह ४७३२ मत ल्याएर विजयी भएका छन्। उहाकाँ निकटतम प्रतिद्वन्द्वी जसपाको तर्फबाट मेयर उम्मेदवार रमेशकुमार यादवले ४४६१ मत पाउनुभएको छ ।
पराजित यादव निवर्तमान मेयर हुनुहुन्छ ।
यस्तै उपमेयरमा एमालेकै नसिमा खातुन ४५३८ मत प्राप्त गरि विजयी हुनुभएको छ । उप मेयरको पदको निकटतम प्रतिद्वन्दी लोसपा उम्मेदवार सगुफा खातुनले ४१६३ मत पाउनुभयो ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा