सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, १० जेठ । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको गृहनगर मेचीनगरमा कांग्रेस पराजित भएको छ । एमालेका उम्मेदवार गोपालचन्द्र बुढाथोकी ५१६७ मतान्तरले कांग्रेसका इन्द्रवहादुर बुढाथोकीलाई पराजित गरेका हुन् ।
बुढाथोकीले २६४७८ मत ल्याउदा बुढाथोकीले २१३११ मत पाए।
शर्माको वडा नम्बर ९ मा पनि कांग्रेस पराजित भयो । कांग्रेस उम्मेदवार उद्धव बानियाँलाई एमालेका कन्चन तामाङले हराउनुभयो । तामाङले ३०१८ मत पाउँदा बानियाँले १८५९ मत पाउनुभयो ।
एमालेले २०७४ को निर्वाचनमा गुमाएको विरासतलाई यसपटक फर्काएको हो । उपप्रमुखमा एमालेकी मीना उप्रेती पुनः दोहोरिनुभएको छ । उहाँले २१५९० मत पाउँदा गठवन्धनका माओवादी उम्मेदवार प्रकाश भण्डारीले १२८१८मत पाउनुभयो ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा