सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ, २ जेठ । काठमाडौँको कीर्तिपुर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका राजकुमार नकर्मी विजयी भएका छन् ।
एमालेका रत्नकेशर बज्राचार्यलाई साढे चार हजार मत अन्तरले पराजित गर्दै नकर्मी विजयी भएका हुन् । उनले ९ हजार ४३ मत ल्याए भने बज्राचार्यले ५ हजार ५०७ मत ल्याए ।
उपमेयरमा पनि नेपाली कांग्रेसकी शुभलक्ष्मी शाक्य विजयी भएकी छन् । उनले ८ हजार ८६५ मत पाए । उनका निकटतम प्रतिस्पर्धी एमालेकी बिन्दु मर्हजनले ७ हजार २०६ मत पाए ।
शाक्य जनता समाजवादी पार्टी (जसपा)का नेता हुन् । उनले रूख चिन्हबाट चुनाव लडेका थिए ।
यसअघि २०७४ सालमा किर्तिपुरको मेयर र उपमेयर दुबै पदमा एमालेले जितेको थियो ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा