सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
गुल्मी, २ जेठ । गुल्मीको सत्यवती गाउँपालिकाको अध्यक्ष उपाध्याक्ष दुबै पदमा नेकपा (एमाले) ले विजय हासिल गरेको छ । अध्यक्षमा टिकाराम पाण्डेले ६ हजार २ सय ६७ मत प्राप्त गरी विजयी हुँदा उहाँका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका पारिश्वर ढकालले ५ हजार ६ सय ११ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै, उपाध्यक्षमा पनि एमालेका निरमाया तरामुले ६ हजार २ सय ३४ मत प्राप्त गरि निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नेपाली कांग्रेसकी तेजकुमारी थापाले ५ हजार ५ सय ६१ मत प्राप्त गर्नु भएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा