सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
चैत्र १६,बर्दिया राजापुर स्थित नेपाल–भारत सीमा छुटयउने अन्तर्राष्ट्रिय सीमानामा पर्ने दशगजाबाट करिब ८० मिटर उत्तर नेपाली भुमीमा तारबार लगाउन एसएसबीले अवरोध प्रयास गरेको छ । स्थानीयको प्रतिवादपछि एसएसबीको अवरोध तोड्दै नेपाली भुभागमा तारबार लगाउने काम भइरहेको छ । जिल्लाको राजापुर नपा र गेरुवा गाउँपालिकाको सीमावर्ती क्षेत्रमा भारतीय जंगलबाट आउने हात्ती लगायत जंगली जनावर रोक्न विद्युतिय तारबार लगाउने क्रममा एसएसबी नेपाल भित्र छिरेर रोक्ने प्रयास गरेको थियो ।
सीमा स्तम्भ नम्बर ८६ र ८७ बीच नेपाल भुमीमा विद्युतिय तारबार लगाउने क्रममा एसएसबीले स्थानीयलाई धम्काउँदै रोक्ने प्रयास गरेका थिए । तारबार रोक्न एसएसबी हतियारसहित नेपाली भुमी प्रवेश गरेको स्थानीयको भनाइ छ । एसएसबीले तारबार लगाए ज्यान मार्ने धम्की दिएको स्थानीय विष्णु रिजालले बताए । घटना लगतै राजापुरस्थित सीमा सुरक्षा सशस्त्र प्रहरी बल पुगेको थियो । सशस्त्र प्रहरी बल राजापुरका सशस्त्र प्रहरी निरीक्षक प्रकाश रानाले संयुक्त नापी टोली नआएसम्म दशगजादेखि करिव सय मिटर उत्तर नेपाली भुभागमा तारबार लगाउन सहमति भएको जनाए ।
प्रनि राना एसएसबी हतियारसहित नेपाल प्रवेश नगरेको दाबी गरेकाछन् । नेपाली भुभाग भित्र तारबार लगाउन नपाउने भारतीय सुरक्षाकर्मीको हेपाहा प्रवृत्तिले स्थानीय आतंकित भएको भिम्मापुरका लालबहादुर चौधरीले बताए । निर्वाचन क्षेत्र पूर्वधार कार्यक्रम अन्तर्गत सीमावर्ती खैरीचन्दनपुरबाट राजापुरसम्म करिब २७ किमी क्षेत्रमा भारतबाट प्रवेश गर्ने जंगली जनावरबाट हुने क्षती कम गर्न तारबार लगाउने काम भइरहेको छ । इ – कान्तिपुर बाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा