• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ३, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अश्लील मेसेज गर्ने ५० जना विरुद्ध सांसद खुस्बुले दिइन् उजुरी

      खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं : अर्थमन्त्री

      विश्वकपमा मेसीको किर्तिमानः मिरोस्लाभ क्लोजको किर्तिमानीसँग बराबरी

      नेपाल फर्कने सहज वातावरण बनाइदिन देउवा दम्पतीको सरकारसँग आग्रह

      पेट्रोलियम भण्डारण क्षमता विस्तारदेखि चिया निर्यातका अवरोध समाधानसम्म सरकार सक्रिय : मन्त्री गौरी कुमारी

      उच्च अदालत जाने म्याद बाँकी रहँदै मलाई पक्राउ गरियो :सेफ सन्तोष साह

      चिया उद्योग संकटमा पर्दा सरकार मौन : सांसद राई

      क्यान्सर रोगका बिरामीहरूले अझै औषधि नपाएको सांसद थपलियाको गुनासो

      सभामुखको आचरणमाथि कांग्रेस सांसद यादवको टिप्पणी, रास्वपाको आपत्ति

      नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न समिति गठन

      रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको अफिसियल लोगो सार्वजनिक

      अध्ययन बिदा लिएर सेवामा नफर्किएका प्राध्यापकलाई १५ दिनभित्र सम्पर्कमा आउन त्रिविको निर्देशन

      बाजुरामा सवारीको ठक्करबाट विद्यार्थी गम्भीर घाइते

      गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँका नोट आजदेखि चलनचल्तीमा

      रास्वपाको केन्द्रीय सदस्यमा उम्मेदवारी दिने पर्यटन व्यवसायी पाण्डेको तयारी  

    होमपेज /  पर्यटन

    पर्यटन बोर्डका सातै प्रदेशमा संरचना विस्तार

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७७ माघ २२, बिहिबार (५ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४९६ पटक पढिएको
  • काठमाडौं । सार्वजनिक निजी साझेदारीका साथ मुलुकको पर्यटन प्रवद्र्धनको जिम्मेवारी पाएको नेपाल पर्यटन बोर्डले आफ्नो संरचनालाई सात वटै प्रदेशमा विस्तार गरेको छ । बोर्डले प्रदेशस्तरीय कार्यालय विस्तारका लागि सम्बन्धित प्रदेशमा अध्ययनका लागि कर्मचारी खटाइसकेको छ ।

    गत पुस १५ देखि औपचारिक रुपमा सातै प्रदेशमा कर्मचारी खटएको बोर्डले अब छिट्टै प्रदेश कार्यालयलाई औपचारिकता दिने भएको छ । बोर्डले सबै प्रदेशमा आफ्नो कार्यालय विस्तारका लागि प्रक्रिया थालेको छ । प्रदेश कार्यालय स्थापनाको अध्ययनका लागि स्थलगत खटाइएका कर्मचारीले बोर्डमा आवश्यक तयारीसहितको प्रतिवेदन बुझाइसकेका छन् । प्रतिवेदनका आधारमा बोर्डले प्रदेश कार्यालय स्थापना गर्ने पर्यटन बोर्डका निर्देशक मणि लामिछानेले जानकारी दिए । उनका अनुसार ती प्रदेशमा संरचनामा जान गृहकार्यका लागि खटिएका कर्मचारीले आआफ्ना प्रतिवेदन केन्द्रीय कार्यालयलाई बुझाइसकेका छन् । सोही प्रतिवेदनका आधारमा छिट्टै औपचारिक रुपमा बोर्डको संरचना खडा गरिनेछ । अहिले प्रदेश कार्यालयका लागि केन्द्रबाट कर्मचारी खटिइसकेका छन् ।

    बोर्डले प्रदेश कार्यालयका लागि केन्द्रबाटै व्यवस्थापक तहका कर्मचारीको नेतृत्व हुने गरी कार्यालय विस्तार गर्नेछ । हरेक प्रदेश कार्यालयका साथै बोर्डको छुट्टै शाखा कार्यालय पनि रहनेछ । ती कार्यालयका लागि अधिकृतस्तरका कर्मचारीको व्यवस्था गरिने बोर्डले जनाएको छ । बोर्डले प्रदेश कार्यालय विस्तारका लागि आवश्यक बजेट तथा जनशक्तिका लागि तालुक मन्त्रालयसँग समन्वय गरिरहेको छ ।

    प्रदेश कार्यालय विस्तारका लागि स्थानीय र प्रदेश सरकार, पर्यटन व्यवसायीलगायत सरोकार पक्षको धारणा बुझ्न केही महिनाअघि बोर्डका कार्यकारी प्रमुखसहितको कमिटीले प्रदेशका मुख्यमन्त्री, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री तथा व्यवसायीसँग सबै प्रदेशमा छलफल गरेको थियो । पुसको दोस्रो सातादेखि कर्मचारी नै खटाएर संरचना विस्तारमा बोर्ड जुटेको हो ।

    बोर्डको प्रदेश संरचनानुरुप प्रदेश नं १ को विराटनगरमा प्रदेश कार्यालय रहने छ । त्यहाँ बोर्डले दिवाकरविक्रम राणालाई खटाएको छ । झापा र धरानमा छुट्टै कार्यालय हुनेछ । विराटनगरको प्रदेश कार्यालयले दुवै कार्यालयको संयोजन गर्नेछ ।

    प्रदेश नं २ को जनकपुरमा समीर बज्राचार्यलाई खटाइएको छ । वीरगञ्जमा भने शाखा रहने छ । वाग्मती प्रदेशलाई भने सङ्घीय कार्यालयले हेर्नेछ । गण्डकी प्रदेशमा यसअघिकै बोर्डको मुख्य संरचनालाई स्थापना गरिएको छ । बोर्डका वरिष्ठ निर्देशक काशीराज भण्डारीलाई प्रमुख बनाइएको छ । लुम्बिनी प्रदेशको बुटवलमा बोर्डको प्रदेश कार्यालय रहनेछ ।

    त्यहाँ बोर्डले लीला बानियाँलाई कार्यालय प्रमुखको जिम्मेवारी दिएको छ । भैरहवाको सुनौली र नेपालगञ्जमा पनि बोर्डको शाखा कार्यालय रहनेछन् । त्यसैगरी कर्णाली प्रदेशको सुर्खेतमा खड्गविक्रम शाह र सुदूरपश्चिमको धनगढीमा रोहिणी खनाललाई कार्यालय प्रमुखको जिम्मेवारी दिइएको छ । कूल ११ सदस्यीय सञ्चालक समिति रहने बोर्डको सञ्चालक समितिका अध्यक्षमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव रहने व्यवस्था छ ।

    निजी क्षेत्रका पाँच र सरकारी पाँच जनाको सञ्चालक समिति हुन्छ । सरकारीतर्फबाट पाँच सदस्यमा पर्यटन सचिव, अर्थ मन्त्रालयका सहसचिव, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक, अध्यागमन विभागका महानिर्देशक र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक तथा निजी क्षेत्रका पाँच पर्यटन व्यवसायी रहन्छन् । बोर्डका कार्यकारी प्रमुख भने सदस्य सचिवका रुपमा रहने व्यवस्था छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ६ महिनामा ४ लाख ७६ हजार पर्यटक नेपाल भित्रिए

    अन्नपुर्ण पदमार्गमा साढे दुई महिनामा ६ सय पर्यटक मनाङ भित्रिए

    घलेगाउँमा २१ वर्षमा दुई लाखभन्दा बढी पर्यटक भित्रिए

    होटल ह्वाइट हाउस संचालनमा

    तनहूँको च्यवनधामलाई धार्मिक पर्यटनको गन्तव्य बनाइने

    कोरोना कहरः पुनः सुनसान बन्यो सौराहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अश्लील मेसेज गर्ने ५० जना विरुद्ध सांसद खुस्बुले…

    खुलेर व्यवसाय गरौं, गर्वका साथ कर तिरौं :…

    विश्वकपमा मेसीको किर्तिमानः मिरोस्लाभ क्लोजको किर्तिमानीसँग बराबरी

    नेपाल फर्कने सहज वातावरण बनाइदिन देउवा दम्पतीको सरकारसँग…

    अश्लील मेसेज गर्ने ५० जना विरुद्ध सांसद खुस्बुले…

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले…

    पेट्रोलियम पदार्थको मूल्य स्थिर

    सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट,…

    आर्थिक

    गभर्नर विश्वनाथ पौडेलको हस्ताक्षरसहित नयाँ ५०० रुपैयाँका नोट आजदेखि चलनचल्तीमा

    स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

    इलामका चिया उद्योग बन्द, लाखौं किलो चिया थन्कियो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑