सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुनसरी । सुनसरी हरिनगर गाँउपालिका-२ भुटाहा सिसुवा धरमपुर सडक खण्डबाट ३ जना मानिसहरु बिना इजाजतको औषधि सहित पक्राउ परेका छन ।
पक्राउ पर्नेमा हरिनगर-१ का ३७ बर्षीय अख्तर मिया, २२ बर्षीय एहरमान अंसारी र ३२ बर्षीय मुख्तर आलम रहेका छन । विशेष सुराकका आधारमा खटिएको प्रहरी टोलीले उनिहरुलाई आज विहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
साथै पक्राउ परेकाहरुको साथबाट बिना इजाजतको औषधि Nimos-p-२९८० ट्याब्लेट, vibel-४९८० क्याप्सुल, Zenegra Red-८०० ट्याब्लेट ,Nitravet-६० ट्याब्लेट, Spasmo proxyvon -८ ट्याब्लेट, laboat-syrinj Injecrion-४३ थान, पुरुष जिवन क्याप्सुल-१२०, Dermikem oc- १९५ थान मलम, Cetsol Tablet -१२,०००, pantoprazole Gastro resistant-७९० क्याप्सुल, Acelorlam sp-४०० ट्याब्लेट , P40-D-३५९० ट्याब्लेट र KT5 Dermcream- ८४ वटा मलम बरामद गरिएको छ ।
पक्राउ परेका तिनै जना मानिस र बरामद गरिएको बिना इजाजतको औषधि आवश्यक कारवाहिको लागी औषधी बिभागको कार्यालय बिराटनगर पठाईएको उक्त कार्यालयले जनाएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा