सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या आजको दिनसम्म एकदम कम देखिएको छ । विश्वका अन्य सहरको अवस्थाभन्दा काठमाडौंको किन फरक छ ? यो आम मानिसबीच अहिले जिज्ञासाको विषय बनेको छ । तर पछिल्ला केहिदिन यता काठमाडौं उपत्यामा बाहिरबाट आउनेको संख्या बढिरहेको छ । तर यसरी बढिरहेपनि तत्कालै संक्रमितको सङख्या बढेको नसुन्दा अहिले काठमाण्डौ शान्त छ । यहि कारण पनि होला कोरोना रोकथाम तथा नियन्त्रणको लागी काम गर्नुपर्ने राज्यका निकायले पनि अवस्था देखेपछि काठमाडौंमा सर्भे तथा परीक्षणमा खासै चासो देखाएका छैनन । काठमाण्डौमा कारोना संक्रमितको सङ्ख्या आजको दिनसम्म न्युन देखिनुमा जनस्वास्थ्यविज्ञ रविन्द्र पाण्डेका ११ तर्क यस्ता छन ।
१. काठमाडौंको जनसंख्या बढी नै सतर्क हुने मनोवृत्तिको छ । जसका कारण लकडाउनपछि पनि अत्याश्याकबाहेक एकदम न्युन भएकाले उनिहरु संक्रमणबाट जोगिएका छन ।
२. भारतबाट फर्किएर काठमाडौं आउने नागरिकको संख्या न्युन छ । बिमानस्थल बन्द भएकाले अन्य देशबाट पनि नागरिक आएका छैनन । चार्टर उडानमा आएका नेपालीहरु आएकै देशमा कोरोनाको परिक्षण गरेर संक्रमण नभएको यकिन भएपछि मात्रै आएका छन । जसलाई क्वारेन्टाइनमा राखेर यहाँ पनि परीक्षण गर्ने तथा संक्रमितलाई अस्पतालमा राख्ने प्रणालीको कारण उनिहरुमध्ये थोरै मात्रै संक्रमित भेटिएका छन । जो क्वारेन्टिनबाट सिधै अस्पतालमा पुगेकाले समुदायमा संक्रमण जान पाएको छैन ।
३. कोरोना परिक्षणबाट नेगेटिभ रिपोर्ट आएको प्रमाण र स्थानीय निकायको सिफारिसबिना काठमाडौं आउन नपाइने समाचारको कारण अधिकांश व्यक्तिले यो झंझट गर्नुभन्दा केहि समयपछि काठमाडौं आउने मनस्थिति बनाएका छन । यसबाहेक सार्वजनिक यातायात नचलेको कारण आउन खोज्नेहरु पनि उपत्यका सहजै प्रवेश गर्न सकेका छैनन ।
४. अव्यवस्थित क्वारेन्टाइनको कारण अन्य जिल्लामा संक्रमण बढेको छ । काठमाडौं उपत्याकामा क्वारेन्टाइनको संख्या न्यून भएको तथा भएका क्वारेन्टाइन पनि ब्यबस्थित नभएकोले संक्रमण फैलिन पाएको छैन ।
५. घाम ताप्ने, घरमै पकाएको ताजा खाना खाने, मास्क लगाउने, व्यक्तिगत दुरीको ख्याल गर्ने, हात धोइरहने, ब्यायाम गर्ने, दीर्घऔषधि सेवन गर्नेले पनि औषधि नछोड्ने, स्वास्थसेवाको पहुँच सहज भएको तथा चेतनाको स्तर केहि माथि भएको हुँदा कोरोनाले सामान्य अवस्थामा आक्रमण गर्न सकेको छैन अर्थात शरिरमा रोग प्रतिरोधी क्षमताको विकास भएको अवस्था छ ।
६. बन्द हलमा कन्सर्ट, नाचगान, कार्यक्रम आदि नभएको, स्कुल ,कलेज , सिनेमाघर बन्द छन भने मानिसका भीडभाड हुने पार्टी प्यालेस तथा होटल रेष्टुरेन्ट समेत न्युन मात्रै उपस्थितीमा सञ्चालन भएकाले यसबाट हुने जोखिम टरेको छ ।
७. माघ फागुनको शुरुवात तिर काठमाडौंमा रुघाखोकी तथा ज्वरो निकै फैलिएको थियो । त्यतिबेला परिक्षणको राम्रो व्यवस्था थिएन । यहि कारण यसलाई सामान्य रुघाखोकीकै रुपमा लिइयो तर त्यो कोरोना संक्रमण हुनसक्छ । यदि त्यो मौसमी रुघाखोकी भनिएको कोरोना संक्रमण थियो भने धेरै व्यक्ति इम्युन भएको हुनसक्छ । यसको लागि राज्यले गुणस्तरीय र्यापिड किट ल्याएर इम्युनोग्लोबिन टेस्ट गर्नुपर्दछ ्र र्यापिड टेस्ट काम लाग्ने सर्भेको लागि हो ्र अहिलेपनि काठमाडौं उपत्यकामा सर्भे गर्न सकिन्छ ्र तर सरकारले प्रयोग गरेको आरडिटी किट गुणस्तरहीन भएकाले यसले सहि रिपोर्ट दिएको थिएन ।
८. संक्रमित क्षेत्रबाट नागरिक आइरहेको हुँदा भित्रभित्रै भुसको आगोको रुपमा फैलिएको तर नदेखिएको पनि हुनसक्छ । काठमाडौं उपत्यकाका धेरै फरक स्थानमा केहि संक्रमित भेटिएका छन तर उनिहरुको खास ट्राभल हिस्ट्रि छैन । यसकारण भित्रभित्रै फैलिएको हुन सक्ने आशंका निवारणका लागी पिसिआर परिक्षणको दायरा बढाउनुपर्ने देखिन्छ ।
९. काठमाडौंबाट सिधै मनाङ, मुस्ताङ गएका व्यक्तिमा संक्रमण पुष्टि भएको छ । यसबाट अनुमान गर्न सकिन्छ कि काठमाडौंमा अहिले पनि परिक्षणको दायरामा नआएको संक्रमितको सङख्या असाध्यै धेरै छ ।
१०. काठमाडौंमा नियमित र्यापिड किटबाट सर्भे तथा पिसिआर विधीबाट कोरोना संक्रमणको परीक्षण, मास्क र सामाजिक दुरीमा कडाइ, आवतजावतमा नियमन तथा कन्ट्याक्ट ट्रेसिंग, शिल आदिलाई अहिले नै तीब्र गतिले प्रबन्ध नगर्ने हो भने यहाँ कोरोना संक्रमण फैलिएमा दिल्ली, मुम्बई लगायतका सहरको अवस्था आउन सक्छ भन्ने कुरा सरकार र हामी नागरिकले बुझ्नु जरुरी छ । अहिले कम संक्रमित भेटिएकै आधारमा काठमाण्डौबासी हामी सुरक्षित छैनौं । तसर्थ थप सतर्क बन्नु जरुरी छ ्र
११. काठमाण्डौं वरिपरीका हरेक नाकाबाट शंकास्पद आगन्तुकलाई क्वारेन्टाइनमा राख्ने, परिक्षण गर्ने कार्य अहिले जरुरी छ । यो असार, साउन र भदौमा १५ दिन कडा लकडाउन गर्ने, १५ दिन खुकोलो गर्ने रणनीति अबलम्बन गर्ने हो भने संक्रमित १५ दिनमा निको हुन्छन् वा अस्पताल जान्छन् तथा उनीहरुले स्वस्थ व्यक्तिलाई संक्रमण सार्न सक्दैनन् । यो मोडेल अपनाउने हो भने ४० लाख जनसंख्या भएको काठमाडौंलाई बचाउन सकिन्छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा