• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ कार्तिक १४, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • आईजीपी दानबहादुर कार्कीको राजीनामाबारे फैलिएका समाचारप्रति नेपाल प्रहरीको ध्यानाकर्षण

      सोमपालको नाममा एनपीएलको पाँचौ अर्धशतक

      गैरदलीय स्थानीय तह निर्माण नगरे आन्दोलनको आँधीवेहरी ल्याउने चेतावनी

      आफ्नो नाम जोडेर घुससम्बन्धी समाचार प्रकाशित भएपछि प्रधानन्यायाधीश शर्माको आपत्ति

      एनपीएलः जनकपुरले काठमाडौंलाई हरायो

      काठमाण्डौं गोर्खाजले दियो जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य

      कांग्रेस इतर समूहले भन्यो : ९० क्षेत्रको क्षेत्रीय अधिवेशन सकियो

      इनर्जी ड्रिङ्क्स सेवन मानव स्वास्थ्यका लागि जोखिमयुक्त, यसो भन्छन् चिकित्सकहरु

      स्वदेशी फूलको उत्पादन बढाउन सरकार र व्यवसायीबीच सहकार्य आवश्यक : मन्त्री मगर

      बाढी र पहिरोका कारण गोरखा र सुर्खेतमा सडक अवरुद्ध

      भारत–चीन जोड्ने कर्णाली करिडोर : व्यापार, पर्यटन जलविद्युतको सम्भावना

      नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ गतेदेखि टोल शुल्क उठाइने

      इजरायलमा यहुदी–अरब संयुक्त सरकारको मागगर्दै तीन सहरमा प्रदर्शन

      स्पेनको रेल दुर्घटनाप्रति नेपालद्वारा दुःख व्यक्त

      मुगुको खत्याडमा आगलागी : किराना र टेलर पसल पूर्ण रूपमा जलेर नष्ट

    होमपेज /  प्रदेश

    कोभिड–१९बाट जोगिन गाउँ–गाउँमा ‘माइकिङ’ गर्दै प्रहरी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ चैत्र १५, शनिबार (६ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ६०८ पटक पढिएको
  • कञ्चनपुरको भीमदत्तनगरस्थित वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मोहनजङ्ग बुढथापा बिहान पाँच नबज्दै यहाँको खुलामञ्चमा टोलीसहित खटिन्छन् ।

    सर्वसाधारणलाई लकडाउनका बेला तरकारीलगायत दैनिक उपभोग्य सामान खरिदका लागि यहाँको खुल्लामञ्चमा व्यवस्थापन गरिएपछि निरीक्षक बुढथापा हाते माइक समाएर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि भीडभाड नगर्न आग्रह गर्दै माइकिङ गर्छन् ।

    कञ्चनपुरमा स्थानीय प्रशासनले लकडाउन गरेको आज छ दिन भइसकेको छ । लकडाउनको शुरुआती दिनमा बेलुकीतर्फ बजारमा भीडभाड हुन थालेपछि प्रशासनले दैनिक उपभोग्य सामान खरिदका लागि बिहान ५ बजेदेखि ७ बजेसम्मको समयसीमा निर्धारण गरेको छ ।

    “सब्जीमण्डीमा भीडभाड धेरै हुन थालेपछि चाप कम गर्न र व्यवस्थित बनाउन मञ्चमा सारिएको हो”, प्रहरी निरीक्षक बुढथापाले भने, “मञ्चमा पनि तरकारी खरिदका लागि आउनेहरुको दूरी राखेर किनमेल गराउन लगाएका छौँ ।”

    त्यसका साथै राति अबेरसम्म खटिने वडा प्रहरीको टोलीले बजार क्षेत्र र अस्थायी बिटहरुबाट समेत सर्वसाधारणलाई अनावश्यक हिँडडुल गर्न निषेध गर्दै आएको छ ।

    “जिल्ला प्रशासनबाट जारी भएको निर्णय अनुसार हामी सबैतिर खटिएका छौँ”, उनले भने “लकडाउन उल्लघङ्न गर्नेलाई नियन्त्रणमा समेत लिँदैछौँ ।”

    वडा प्रहरी कार्यालयले मातहतको युनिटबाट समेत गरेर लकडाउन अटेर गर्ने ३६ मानिस र १०० भन्दाबढी सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ ।

    इलाका प्रहरी कार्यालय बेलोरीले पनि यहाँको दक्षिण क्षेत्रमा सचेतनामूलक कार्यक्रमसहितको माइकिङ गरिरहेको जनाएको छ ।

    “गस्तीका बेला नियमित माइकिङ गरेर घर बाहिर ननिस्कन भनिरहेका छौं”, इप्रका बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले भने, “माइकिङका लागि जिङ्गल नै बनाएर गाउँगाउँ गइरहेका छौँ ।”

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले जिल्लाभरि आठ प्रहरीका गाडीले नियमित कोरोना सङ्क्रमण नियन्त्रणका लागि जनचेतनामूलक सामग्री पस्केर माइकिङ गरिरहेको बताए ।

    “हरेक दिन बिहानैदेखि प्रहरीले माइकिङलाई पनि निरन्तरता दिएको छ”, उनले भने “अहिलेसम्म जिल्लामा प्रहरीको सकारात्मक हस्तक्षेप नै छ ।” कञ्चनपुरमा मात्रै लकडाउन अवधिमा ७०० नेपाल प्रहरी खटिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

    उता सशस्त्र प्रहरी बलले पनि आफ्नो संयन्त्रलाई परिचालन गरेको छ । “हामी सीमामा फसेका नागरिकहरुको उद्धारदेखि नागरिकको घरदैलोसम्म खटिएको अवस्था छ”, सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बीरसिंह साहुले भने, “यहाँको सिमापारि अलपत्र रहेका नेपालीहरुको उद्धारसमेत भारतीय सुरक्षा निकायसित निरन्तर समन्वयमार्फत गरिरहेका छौँ ।”

    सशस्त्र प्रहरीले जिल्लाभर मोबाइल गस्ती र बस्तीसम्म पुगेर जनचेतना फैलाउन माइकिङसमेत गरिरहेको उनको भनाइ थियो । “सङ्क्रमण नियन्त्रणका लागि आफैँ जोखिममा परेर सुरक्षाकर्मी खटिएर मात्रै हुँदैन”, उनले भने, “यो बेला स्वयं नागरिक पनि जिम्मेवार बन्नुपर्छ ।”

    जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भने अर्को आदेश नभएसम्मका लागि भन्दै जिल्लाभर तरकारी पसल र मण्डी बन्द गर्ने निर्णय गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीले जारी गरेको सूचनामा तरकारी पसलहरुमा अनावश्यक भीडभाड हुँदा सङ्क्रमणको जोखिम बढेकाले अर्को आदेश जारी नभएसम्म बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आईजीपी दानबहादुर कार्कीको राजीनामाबारे फैलिएका समाचारप्रति नेपाल प्रहरीको ध्यानाकर्षण

    आफ्नो नाम जोडेर घुससम्बन्धी समाचार प्रकाशित भएपछि प्रधानन्यायाधीश शर्माको आपत्ति

    स्वदेशी फूलको उत्पादन बढाउन सरकार र व्यवसायीबीच सहकार्य आवश्यक : मन्त्री मगर

    जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्रविधिको उपयोग गर्न मन्त्री श्रेष्ठको आह्वान

    आज देशभर साधारणतया बादल लाग्ने

    लुम्बिनी प्रदेशका सभामुखसहित पाँच जनाविरुद्ध जालसाजी किर्ते मुद्दा दायर

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    आईजीपी दानबहादुर कार्कीको राजीनामाबारे फैलिएका समाचारप्रति नेपाल प्रहरीको…

    सोमपालको नाममा एनपीएलको पाँचौ अर्धशतक

    गैरदलीय स्थानीय तह निर्माण नगरे आन्दोलनको आँधीवेहरी ल्याउने…

    आफ्नो नाम जोडेर घुससम्बन्धी समाचार प्रकाशित भएपछि प्रधानन्यायाधीश…

    आईजीपी दानबहादुर कार्कीको राजीनामाबारे फैलिएका समाचारप्रति नेपाल प्रहरीको…

    आफ्नो नाम जोडेर घुससम्बन्धी समाचार प्रकाशित भएपछि प्रधानन्यायाधीश…

    स्वदेशी फूलको उत्पादन बढाउन सरकार र व्यवसायीबीच सहकार्य…

    जलवायु तथा भू–विपद् न्यूनीकरणमा क्षेत्रीय सहकार्य र प्रविधिको…

    आर्थिक

    कामना सेवा फुटसल कप सिजन–६ को टाइ–सिट ड्र, जर्सी र ट्रफी अनावरण

    एनएमबी बैंक र भिसाबीच ‘भिसा डाइरेक्ट टु अकाउन्ट’ सेवा सञ्चालनका लागि सम्झौता

    ३३ अंकले बढ्यो नेप्से, ७ अर्ब नाघ्यो सेयर कारोबार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑