• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ २, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मुक्तिनाथमा पर्यटकको चाप, भारतीयको संख्या उल्लेख्य 

      तलब माग गर्दै मधेश प्रदेशका १३६ स्थानीय तहमा कार्यरत प्रयोगशालाकर्मीहरु आन्दोलित

      कानुनी परिधिभित्र रहेका शैक्षिक व्यवसायलाई राज्यले लखेट्दैन : सहसचिव सापकोटा

      डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले गरे आत्महत्या

      नेपालको शिक्षामा ‘लर्निङ क्राइसिस’ देखियो : डा. महाश्रम शर्मा

      शिक्षा र स्वास्थ्य जस्ता मौलिक क्षेत्रमा शुल्क लगाउनु गलत : उमेश श्रेष्ठ

      रिहाइपछि सन्तोष साह पक्षले सुनायो विवादको पृष्ठभूमि

      इन्डोनेसियामा ६.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प 

      मनसुन आगमन अझै केही दिन ढिला हुने, यस्तो छ कारण

      मन्त्री मेहता र राजदूत योङबीच भेट :कोरियामा रहेका नेपालीको स्वास्थ्यमा ध्यान दिन आग्रह

      चिकित्सा शिक्षा आयोगद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि स्वीकृत

      बजेट पूर्ण कार्यान्वयन भए ऐतिहासिक दस्तावेज बन्नेछ : सांसद थापा

      कानुन मन्त्रालयका लागि विनियोजित बजेटप्रति सांसद मल्लको असन्तुष्टि

      ग्वार्को–सातदोबाटो सडकमा स्मार्ट एलईडी लाइट जडान गरिँदै

      राजमार्ग मापदण्डका कारण ललितपुरवासी सम्पत्ति अधिकारबाट वञ्चित : सांसद खरेल

    होमपेज /  प्रदेश

    कोभिड–१९बाट जोगिन गाउँ–गाउँमा ‘माइकिङ’ गर्दै प्रहरी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०७६ चैत्र १५, शनिबार (६ साल अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५७५ पटक पढिएको
  • कञ्चनपुरको भीमदत्तनगरस्थित वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक मोहनजङ्ग बुढथापा बिहान पाँच नबज्दै यहाँको खुलामञ्चमा टोलीसहित खटिन्छन् ।

    सर्वसाधारणलाई लकडाउनका बेला तरकारीलगायत दैनिक उपभोग्य सामान खरिदका लागि यहाँको खुल्लामञ्चमा व्यवस्थापन गरिएपछि निरीक्षक बुढथापा हाते माइक समाएर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणका लागि भीडभाड नगर्न आग्रह गर्दै माइकिङ गर्छन् ।

    कञ्चनपुरमा स्थानीय प्रशासनले लकडाउन गरेको आज छ दिन भइसकेको छ । लकडाउनको शुरुआती दिनमा बेलुकीतर्फ बजारमा भीडभाड हुन थालेपछि प्रशासनले दैनिक उपभोग्य सामान खरिदका लागि बिहान ५ बजेदेखि ७ बजेसम्मको समयसीमा निर्धारण गरेको छ ।

    “सब्जीमण्डीमा भीडभाड धेरै हुन थालेपछि चाप कम गर्न र व्यवस्थित बनाउन मञ्चमा सारिएको हो”, प्रहरी निरीक्षक बुढथापाले भने, “मञ्चमा पनि तरकारी खरिदका लागि आउनेहरुको दूरी राखेर किनमेल गराउन लगाएका छौँ ।”

    त्यसका साथै राति अबेरसम्म खटिने वडा प्रहरीको टोलीले बजार क्षेत्र र अस्थायी बिटहरुबाट समेत सर्वसाधारणलाई अनावश्यक हिँडडुल गर्न निषेध गर्दै आएको छ ।

    “जिल्ला प्रशासनबाट जारी भएको निर्णय अनुसार हामी सबैतिर खटिएका छौँ”, उनले भने “लकडाउन उल्लघङ्न गर्नेलाई नियन्त्रणमा समेत लिँदैछौँ ।”

    वडा प्रहरी कार्यालयले मातहतको युनिटबाट समेत गरेर लकडाउन अटेर गर्ने ३६ मानिस र १०० भन्दाबढी सवारीसाधन नियन्त्रणमा लिएको जनाएको छ ।

    इलाका प्रहरी कार्यालय बेलोरीले पनि यहाँको दक्षिण क्षेत्रमा सचेतनामूलक कार्यक्रमसहितको माइकिङ गरिरहेको जनाएको छ ।

    “गस्तीका बेला नियमित माइकिङ गरेर घर बाहिर ननिस्कन भनिरहेका छौं”, इप्रका बेलौरीका प्रमुख प्रहरी निरीक्षक रणबहादुर चन्दले भने, “माइकिङका लागि जिङ्गल नै बनाएर गाउँगाउँ गइरहेका छौँ ।”

    जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रविन्द्र पौडेलले जिल्लाभरि आठ प्रहरीका गाडीले नियमित कोरोना सङ्क्रमण नियन्त्रणका लागि जनचेतनामूलक सामग्री पस्केर माइकिङ गरिरहेको बताए ।

    “हरेक दिन बिहानैदेखि प्रहरीले माइकिङलाई पनि निरन्तरता दिएको छ”, उनले भने “अहिलेसम्म जिल्लामा प्रहरीको सकारात्मक हस्तक्षेप नै छ ।” कञ्चनपुरमा मात्रै लकडाउन अवधिमा ७०० नेपाल प्रहरी खटिएको प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

    उता सशस्त्र प्रहरी बलले पनि आफ्नो संयन्त्रलाई परिचालन गरेको छ । “हामी सीमामा फसेका नागरिकहरुको उद्धारदेखि नागरिकको घरदैलोसम्म खटिएको अवस्था छ”, सशस्त्र प्रहरी बल ३५ नम्बर गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक बीरसिंह साहुले भने, “यहाँको सिमापारि अलपत्र रहेका नेपालीहरुको उद्धारसमेत भारतीय सुरक्षा निकायसित निरन्तर समन्वयमार्फत गरिरहेका छौँ ।”

    सशस्त्र प्रहरीले जिल्लाभर मोबाइल गस्ती र बस्तीसम्म पुगेर जनचेतना फैलाउन माइकिङसमेत गरिरहेको उनको भनाइ थियो । “सङ्क्रमण नियन्त्रणका लागि आफैँ जोखिममा परेर सुरक्षाकर्मी खटिएर मात्रै हुँदैन”, उनले भने, “यो बेला स्वयं नागरिक पनि जिम्मेवार बन्नुपर्छ ।”

    जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले भने अर्को आदेश नभएसम्मका लागि भन्दै जिल्लाभर तरकारी पसल र मण्डी बन्द गर्ने निर्णय गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय कञ्चनपुरका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीले जारी गरेको सूचनामा तरकारी पसलहरुमा अनावश्यक भीडभाड हुँदा सङ्क्रमणको जोखिम बढेकाले अर्को आदेश जारी नभएसम्म बन्द गर्ने निर्णय गरिएको जनाइएको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले गरे आत्महत्या

    पेट्रोलियम पदार्थको मूल्य स्थिर

    सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

    राष्ट्रियसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

    प्रतिनिधि सभाको बैठक बस्दै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मुक्तिनाथमा पर्यटकको चाप, भारतीयको संख्या उल्लेख्य 

    तलब माग गर्दै मधेश प्रदेशका १३६ स्थानीय तहमा…

    कानुनी परिधिभित्र रहेका शैक्षिक व्यवसायलाई राज्यले लखेट्दैन :…

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले…

    डीएभी कलेजको छतबाट हाम फालेर १८ वर्षीय छात्रले…

    पेट्रोलियम पदार्थको मूल्य स्थिर

    सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट,…

    कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

    आर्थिक

    स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

    इलामका चिया उद्योग बन्द, लाखौं किलो चिया थन्कियो

    मधेश प्रदेश सरकारको आर्थिक सर्वेक्षण २०८२/०८३ प्रस्तुत

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑