सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दोलखा । दोलखा जिल्लामा अवस्थित कालिञ्चोक अहिले आन्तरिक र बाह्य पर्यटकहरुको लागि आकर्षण गन्तब्य बनिरहेको छ । विशेष गरेर हिमपात भएपछि यहाँ आन्तरिक पर्यटकहरुको बाक्लो भीड लाग्ने गर्दछ ।
कालिञ्चोक धार्मिक पर्यटनका लागि पनि उत्तिकै चर्चित छ । त्यहाँ रहेको कालिञ्चोक भगवतिको दर्शन गर्न वर्षेनी हजारौँ तिर्थयात्रीहरु आउने गरेका छन् ।
हिमपात भएपछि यहाँको मनोरम दृश्य हेरेर मानिसहरु दङ्ग पर्ने गर्दछ । हिउँले कालिञ्चोकलाई ढपक्कै ढाकेको छ । जति हेरे पनि हेरौं-हेरौं लाग्छ । त्यहाँको घरहरुको बनावट र भौगोलिक अवस्था पनि निकै अनौठो छ ।
पछिल्लो समय केबुलकार सञ्चालन भएपछि यस क्षेत्रको आकर्षण अझ बढेको छ । कालिञ्चोकको चुचुरोबाट करिब पाँच र छ वटा हिमालहरुको मनोरम दृश्यावलोकन गर्न सकिन्छ ।
कहाँ पर्छ कालिञ्चोक ? के छ विशेषता ?
कालिञ्चोक भगवती नेपालको मध्यमाञ्चल विकास क्षेत्रको जनकपुर अञ्चल दोलखा जिल्लामा अवस्थित धार्मिक पर्यटकीय स्थल हो । सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तर कालिन्चोक गाविसमा अवस्थित यो मन्दिर ३८४२ मिटर को उचाईमा छ ।
कालिञ्चोक भगवती काभ्रेको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत ७ भगवती दिदी बहिनी हुन् भन्ने किम्बदन्ती रहेको छ । कालिञ्चोक डांडाबाट मनोरम रोलवालिङ हिम श्रृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ।जनैपुर्णीमा, दशैं, चैते दशैंमा भक्तजनको भिड लाग्ने गर्दछ। कालिञ्चोक चरीकोट देखि ६ घण्टाको पैदल दूरीमा छ। यो हिन्दूहरूको लागि एक प्रसिद्ध तीर्थ स्थल हो।
चरिकोटदेखि करिव १७ किलोमीटर दुरीमा रहेको कुरी बजार सम्म कच्ची मोटरबाटो बनेको छ। जुन बाटोमा जीप गाडी र मोटरसाइकल चलाउन सकिन्छ । सुख्खा याममा यदाकदा मिनीबस पनि चलाउन सकिन्छ । यद्यपि यस बाटोमा नियमित सार्वजनिक सवारी साधन उपलब्ध छैन ।
कुरी बजार देखि उकालो करिव १ घण्टा पैदल यात्रा गरी कालिञ्चोक भगवती स्थानमा पुगेर दर्शन गर्न सकिन्छ ।
काठमाडौं । काठमाडौं उपत्यकालगायत देशका विभिन्न शहरहरु पछिल्लो समय वायु प्रदूषणको जोखिममा परेका छन् । जसका कारण मानव स्वास्थ्यमा गम्भीर समस्याहरु देखिरहेका छन् । साथै... विस्तृतमा