सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अष्ट्रेलियाको जंगलमा लागेको भीषण आगलागीको कहरमा विहिवार विहान परेको पानीले केही राहत मिलेको छ । त्यहाँको मौसम पुर्वानुमानले अरु पानी पर्ने जनाएको छ । गएको केही महिनादेखी यहाँको जंगलमा लागेको आगोमा परी १ अरब भन्दा बढि बन्यजन्तु मरिसकेको छन् । यसको अलावा २८ जनाको मुत्यु पनि भईसकेको छ । अष्ट्रेलियामा करौडौको सम्पति पनि जलेर नष्ट भएको छ ।
स्थानीय मौसम विज्ञान विभागका अनुसार, न्यू साउथ वेल्समा विहिवार ठुलो पानी पर्यो । यो राज्य आगोले सबैभन्दा धेरै प्रभावीत क्षेत्र मध्येको एक हो । राज्यको ग्रामीण दमकल सेवाले एक पोष्टमा बताएको छ कि न्यू साउथ वेल्समा यो आगो कैयौ दमकल कर्मिहरुको लागी राहतको खबर छ । उसले सार्वजनिक गरेको एक भिडियोमा जलीरहेको एक जंगलमा बर्षा भएको देखाइएको थियो ।
यो मानिएको छ कि यो बर्षाले आगोमा केही हदसम्म नियन्त्रण गर्न सकिनेछ, आगो बढ्नेछैन ।
आगोमा परेका वन्यजन्तु र पशुपन्क्षीहरुको फोटोहरु हेर्नुहोस् :
फोटोहरु : विभिन्न अन्तराष्ट्रिय सञ्चार माध्यमहरुबाट
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा