सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
कैलाली । कैलालीको धनगढीमा लागुऔषध दुर्व्यसनकारिहरुको चहलपहल बढ्न थालेको छ । शनिबार बेलुका मात्र प्रहरीले धनगढीमा खैरो हिरोइन सहित दुई जनालाई पक्रिएको छ ।
धनगढी उपमहानगरपालिका वडा नम्बर १० जुगेडा स्थित नेपाल-भारत सिमाना नजिकै मोहना नदी तर्फ जाने ग्राबेल सडकको प्रगोग गर्दै भारतबाट लुकाईछिपाई खैरो हिरोइन ल्याईरहेका उनीहरुलाई रंगेहात पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीका अनुसार से ५ प ११४८ नम्बरको मोटरसाईकलमा आउदै गरेका स्थायी घर अछाम जिल्लाको मंगलसैन नगरपालिका वडा नम्बर ५ भएर अहिले धनगढी उपमहानगरपालिका वडा नम्बर १ बस्दै आएका २२ बर्षिय गणेश खत्री र वडा नम्बर ८ बस्ने २० बर्षिय लोकेन्द्र बोहरालाई चेकजाँच गर्दा उनीहरुबाट ४ ग्राम ३ सय ६० मिलिग्राम खैरो हिरोइन बरामत भएको हो ।
पछिल्लो तिन बर्षे तथ्यांक हेर्ने हो भने सबैभन्दा धेरै मुद्दा र पक्राउ लागुऔषध सम्बन्धि छन् । यो कैलालीको धनगढीको मात्र नभएर हरेक ठाउँको मुख्य समस्या नै बनिसकेको प्रहरी बताउछन । यसको न्यूनीकरणका लागि बिभिन्न ठाउँमा जनचेतनामुलक लगायत चेकजाँचका कार्य अघि बढाएता पनि त्यसको त्यति प्रभाव पर्न सकेको छैन तरपनि पछिल्लो समय प्रहरीको सक्रियता भने बढेको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा