सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
हेटौंडा, साउन १३ । मकवानपुरगढी गाउँपालिकाले सामाजिक व्यबहार ऐन, २०७५ गाउँसभाबाट पास गरी लागु गर्ने तयारी गरेको छ । जस अनुसारन्वारन, जन्मदिवस, पास्नी, चुडाकर्म र पितृकार्य गर्दा कार्यसँग सम्बन्धित नजिकका नातेदारबाहेक छरछिमेक, इष्टमित्रमध्ये २५ जना भन्दा बढीलाई आमन्त्रण गर्ननहुने र त्यस्ता कार्यमा सहभागी तथा आमन्त्रितले एक हजार भन्दा बढी नगद वा सोभन्दा बढीको जिन्सी सरसामान दिनलिन नहुने उल्लेख छ ।
ऐनमा देउसीभैलो जस्ता परम्परागत् चाडपर्व मनाउने क्रममा कसैलाई करकाप हुने गरी रकम माग गर्न नपाइने र गाईतिहार र भाइटीकाको दिनमात्र खेल्नुपर्ने व्यबस्था छ ।गाउँपालिकामा असमान ज्याला रहेकोले खेतीपाती वा अन्य कामका लागि महिला र पुरुषलाई ज्याला समान दिनुपर्ने व्यबस्था गरिएको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा