सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
दैलेख, साउन १२ । गत मंगलबारदेखि जान थालेको पहिरो नरोकेपछि स्थानीय सरकारले गुराँस-२ बान्द्रे पुरेनी बस्तीका १२ परिवारलाई अन्य स्थानमा सारेको छ । उक्त पहिरोले पहिरोले केही घर बगाएका छन् भने, २४ घर उच्च जोखिममा रहेको गाउँपालिकाले जनाएको छ।
यसैक्रममा, सरकारेले बाँकी परिवारलाई पनि सार्ने तयारी गरिरहेको गाउँपालिका अध्यक्ष खेमराज वलीले जानकारी दिए ।
सोहि पहिरोका कारण सारिएका परिवारलाई त्रिपाल टाँगेर राखेको स्थानीय जयबहादुर वलीले जनाए । उनले भने, ‘यहाँका दुई घर पहिरोले लगेको छ। वलीको घर पूर्णरुपमा क्षति पुगेको छ। लालमता विकको घर पनि पहिरोले बगाएको छ। स्थानीय बासिन्दा रातभर जागै बस्ने गरेका छन्।’
त्यहाँका गाउँपालिकाले उपाध्यक्ष दीपा बीसीसहितको टोलीले स्थलगत निरीक्षण गरेपछि बस्ती सार्ने निर्णय गरेको जनाएका छन् । ‘करिब ५ सय मिटर माथिबाट पहिरो जान सुरु गरेको छ’, उपाध्यक्ष बीसीले भनिन्, ‘जुनसुकै समयमा यो बस्ती बग्न सक्ने र ठूलो धनजनको क्षति हुने खतरा भएकाले बस्ती सार्न थालिएको हो।’
अध्यक्ष वलीका अनुसार भिरालो ठाउँमा बस्ती भएका कारण पहिरोको जोखिम रहेको छ । यसैक्रममा, विस्थापित भएका परिवारलाई त्रिपालको अस्थायी टहरा निर्माण गरी सुरक्षित स्थानमा बसोबासको व्यवस्था मिलाइएको छ। गाउँपालिकाले एक साताभित्र दीर्घकालीन व्यवस्थापनको पहल थालिने जनाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा