सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रुपन्देही, साउन ४ । शनिबार बुटवलमा रिपोर्टर्स क्लव ५ नं प्रदेशले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेकपाका नेता तथा स्थायी समितिका सदस्य देवेन्द्र पौडेल सुनिलले सरकारको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले गर्ने जनाएका छन्।
उक्त साक्षात्कारमा बोल्दै सदस्य सुनिलले पार्टी एकताको बेला शीर्ष नेताबीच भएको पाँच बुदे सहमतिमा आलोपालो सरकारको नेतृत्व उल्लेख भएकाले केपी ओलीपछि प्रचण्ड प्रधानमन्त्री बन्ने बताएका छन् ।
नेता सुनिलले शीर्ष नेताहरुबीच भएको सहमतीको पूर्ण कार्यान्वयन आवश्यक रहेको भन्दै अहिले नै नेतृत्व परिवर्तनको बेला नआएको बताए । उनले भने, ‘ओलीपछिको नेता प्रचण्ड नै हो, अबको साझा विचार जनताको जनवाद नै हो।’
उनले ओली सरकारका मन्त्रीहरुको कार्यसम्पादन सन्तोषजनक नभएको भन्दै मन्त्रीमण्डल पुनर्गठन आवश्यक भइसकेको नेता पौडेलको भनाइ छ ।
यसैक्रममा, उनले निर्मला हत्याकाण्ड, सञ्चार विधेयक, गुठी विधेयक, विषादी परीक्षण प्रकरणमा सरकारले परिपक्वता देखाउन नसकेको जानकारी दिएको छ ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा