सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
एजेन्सी, असार ३१ । पाकिस्तान र भारतबीच उत्पन्न भएको तनाबका कारण पाकिस्तानले प्रतिबन्ध लगाएको विमान मंगलबार सबै प्रकारका नागरिक उडानहरुका लागि पाकिस्तानी हवाई क्षेत्र पुनः खुला गरेको छ।
गएको फेब्रुअरीमा भारत र पाकिस्तानका हवाई सैनिकबीच आक्रमण र प्रत्याक्रमण भएपछि पाकिस्तानले आफ्नो हवाई क्षेत्र भारतलगाएतका सबै देशका गैरसैनिक विमानको पाकिस्तानी आकाश हुँदै गरिने उडानहरुमा प्रतिबन्ध लगाएको थियो ।
यसैक्रममा, सबै प्रकारका गैरसैनिक उडानहरुका लागि पाकिस्तानी हवाई क्षेत्र खुला गरेको पाकिस्तानी नागरिक उड्डयन प्राधिकरण (सीएए) ले जनाएको छ ।
भारतसँग सीमा जोडिएको पूर्वी सीमावर्ती क्षेत्रमा पनि हवाई क्षेत्र खुला गरेको सीएएका प्रवक्ताले जनाए। यसैगरी पाकिस्तानले केही प्रतिबन्धहरु मार्चमै फिर्ता लिएपनि भारतसँगको तनाव मत्थर नभएका कारण पाकिस्तानको पूर्वी क्षेत्रमा यस्तो प्रतिबन्ध फुकुवा गरेको थिएन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा