सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
मोबाइल फोनबाट उत्पन्न हुने विकिरणले स्वास्थ्यमा पार्ने समस्या थाहा हुँदा धेरै मानिसले पाईन्टको गोजीमा (विशेषगरी जिन्स पाइन्टको गोजीमा) मोबाइल राख्ने गर्छन्। मोबाइलले स्वास्थ्यमा गम्भीर असर पार्ने विभिन्न अध्ययनले देखाउदै आएका छन् । यी अध्ययनलाई एउटा वृहत अध्ययन समिक्षाले पुनःपुष्टि गरेको छ ।
मोवाईलको विकिरणबारे २१ वटा सोधपत्रमा गरिएको अध्ययन समक्षिामा पुरुषको गुप्तांग नजिक मोवाईल राख्दा वीर्यको गुणस्तर र उत्पादनमा नराम्रो असर गर्ने वैज्ञानिकहरुले पुष्टि गरेका छन् । त्यसैले लामो समय पाइन्टको गोजीमा मोवाइल नराख्न सुझाव दिइएको छ ।
अस्टेलियाको युनिर्भसिटी अफ क्यासलका वैज्ञानिकहरुको समूहले नयाँ समिक्षा गरेका हुन । विश्वको १४ प्रतिशत जनसंख्या बच्चा जन्माउन संघर्ष गरिरहेकै बेला गोजीमा राख्ने फोनको विकिरणले पुरुष स्वास्थ्यमा गम्भीर असर गर्ने उनीहरुले बताएका छन् । रेडियो फ्रिक्वेन्सि इलेक्ट्रोम्याग्नेटिक रेडियसनले पुरुषको वंशाणुगत गुण बोक्ने कोषहरुलाई नष्ट गर्ने वैज्ञानिकहरुले बताएका छन् ।
वीर्यको गतिशिलता र जोशको अभावमा कोष नष्ट हुने गरेको उनीहरुको समीक्षामा उल्लेख छ । २१ जना वैज्ञाानिकले १० ओटा अध्ययन समिक्षा गरेका थिए । उनीहरुले सेलफोनको विकिरण र यसले वीर्यमा पार्ने अशरबारे समिक्षा गरेका थिए । समिक्षाका क्रममा १४९२ मानिसका वीर्यको नमुना परीक्षण गरिएको थियो । एजेन्सी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा