सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
अमेरिकी पूर्वराष्ट्रपति बाराक ओबामाले दक्षिण अफ्रिकी पूर्वराष्ट्रपति एवम् महान प्रजातन्त्रवादी नेता नेल्सन मण्डेलाको जन्म शताब्दि समारोहलाई मङ्गलबार सम्बोधन गर्ने भएका छन् । उनी सोही प्रयोजनका लागि सोमबारै जोहानेस्बर्ग पुगेका छन् । बुधबार अर्थात् हरेक वर्षको जुलाई १८ मा नेल्सन मण्डेलाको जन्मदिन पर्दछ । यस वर्ष उनको १०० औँ जन्मदिन हो । तर मङ्गलबारको यस समारोह उनको १०० औँ जन्मदिनको पूर्वसन्ध्यामा आयोजना गरिएको बताइएको छ । बाराक ओबामा सन् २०१७ मा अमेरिकाको राष्ट्रपतिबाट पदावधि सकिएर निस्किएपछि सार्वजनिक समारोहमा खासै उपस्थित हुने गरेका छैनन्।
तर नेल्सन मण्डेलालाई भने ओबामाले आफ्नो जीवनको प्रेरणाको रुपमा लिने गरेका छन् । त्यसैले उनी सो समारोहलाई सम्बोधनका लागि त्यहाँ पुगेका हुन् । मङ्गलबार यस अवसरमा आयोजना हुने कार्यक्रममा कम्तिमा पनि १५ हजार जनाको सहभागिता रहने भएको छ । उक्त सभालाई विश्वका केही नेता तथा पूर्व राष्ट्रपति ओबामाले सम्बोधन गर्नुहुने भएको बताइएको छ ।
दक्षिण अफ्रिकाको जोहानेस्बर्गमा रहेको ठूलो क्रिकेट रङ्गशालामा सो समारोहको आयोजना गरिएको छ । मण्डेलाको जन्मदिनमा आयोजना हुने यस्तो कार्यक्रमलाई वर्षेनी भव्य बनाउने गरिएको छ । उनले उक्त सभामा विशेषगरी युवा वर्गलाई प्रजातन्त्र, मानवअधिकार र शान्तिको संरक्षणका लागि लाग्न आह्वान गर्नुहुने अनुमान गरिएको छ ।
सन् २०१३ मा निधन भएका नेता नेल्सन मण्डेला विश्वका प्रजातन्त्रवादी नेताका रुपमा प्रख्यात थिए । उनले दक्षिण अफ्रिकामा रङ्गभेद विरुद्धमा लामो सङ्घर्ष गरे र त्यसका लागि उनले २७ वर्षसम्म जेल सजाय पनि भोग्नुपरेको थियो । एजेन्सी
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा