सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
बैशाख २० । आईपिएल म्याचको श्रृखलामा बुधबार नयाँ दिल्लिका फिरोजशाख कोटला मैदानमा दिल्लि र राजस्थान बिच प्रतिस्पर्धा भयो । यो प्रतिस्पर्धामा दिल्लिले राजस्थानलाई ४ रनले हराएको छ । ऋषभ पंत र कप्तान श्रेयष अथ्यरको अर्धसतकले दिल्लिले राजस्थान विरुद्ध ६ विकेटमा १९६ रन बनायो ।
पानी परेपछि प्रभावित यो खेलमा १८ ओभरको म्याचमा दिल्लिको पारी १७.१ ओभर भएको थियो तब बर्षाको कारण टिमको पारीलाई यही समाप्त गर्न परेको थियो । डकवर्थ लुईस नियम अन्तर्गत राजस्थानलाई १२ ओभरमा १५१ रन बनाउने लक्ष्य प्रस्तुत गरेको थियो ।
तर राजस्थानको टिमले १२ ओभरमा ५ विकेट गुमाउदै १४६ रन बनाउन सक्यो र अन्तिम बलमा म्याच हार्यो । राजस्थानलाई जीतको लागी अन्तिम ओभरमा १५ रनको आवश्यकता थियो तर ट्रेंट बोल्टले यो लक्ष्यको सफल रक्षा गर्दे २०१२ पछि पहिलो पटक दिल्लिलाई राजस्थानमाथि जीत दिलायो ।
यो सँगै दिल्लिको ९ खेलमा तेस्रो जित हो भने राजस्थानको आठ खेलमा पाँचौ हार हो ।
पंतले २९ बलमा ५ छक्का र ७ चौकाको मद्यतले ६९ रनको पारी खेल्दा म्यान अफ द म्याच घोषित भए यसको अलावा कप्तान अथ्यरले ५० रनको साथै तेस्रो विकेटको लागी ९२ रनको साझेदारी पनि गरेका थिए । सलामी ब्याट्सम्यान पृश्वी शा ले पनि ४६ रनको पारी खेले र अथ्यरसँग दोस्रो विकेटको लागी ७३ रन जोडेर टिमको खराव सुरुवातलाई हौसलाका साथ माथि उठाए ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा