सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
१) अर्बुद (Cancer) रोग के हो ?
अर्बुद (Cancer) रोग शरीरको कोश या कोशीकाहरुको समुह्को अस्वाभाबिक बृदिहो । यदी यसलाई समयमै नस्ट गरियन या हटाइएन भने शरीर भरी नै यो रोग फैलिन्छ र अन्तत: यो मृत्यु को कारण बन्न पुग्छ ।
२) शरीरका कोशीकाहरुको सामान्य बृदि र अर्बुद रोगिय बृदिमा के फरक छ?
मानब शरीर अर्बौ कोशीकाहरुबाट बनेको हुछ । सामान्यत: तिनिहरु उमेर सँगै स्वाभाबिक र नियमित किसिमले बढदछन । यसैलाई एक किसिमको गिर्खा या ट्युमर भनिन्छ ।
३) ट्युमर कती किशिमका हुछन?
सामान्यत: ट्युमर दुई किसिमका हुन्छन:
(क) Malignant: उग्र प्रब्रितिको ट्युमर यो घातक प्रब्रितिको ट्युमर हो । जबसम्म शल्यकृया या अन्य कुनै माध्यम्ले यसलाई हटाइदैन तब सम्म यो बढेर शरीरको अन्य भागअंा
फैलिरहन्छ । यही उग्र स्वभब को बृदिको कै कारण य ट्युमर्लाई Cancer को नाम दिईएको हो ।
(ख) Benign: यो नम्र प्रबित्रिको ट्युमर हो । सामान्यत: यो हानिकारक हुँदैन र शरीरको अन्य भागमा पनि फैलिदैन । प्रय: यो ट्युमर अर्बुद रोगमा पारीणत हुँदैन ।
(४) अर्बुद रोग सरुवा या संक्रामक रोग हो?
होइन, यो त्यस्तो प्रकारको रोग होइन । किन कि यो कुनै जिबाणु का कारण हुँदैन । त्यसैले यो एक ब्यक्तीबाट अर्को ब्यक्तिमा सर्ने प्रश्ननै उठ्दैन.
(५) अर्बुद रोग कसरी फैलन्छ?
सामान्यत: अर्बुद रोग तीन किसिमले फैलन्छ:
(क) अर्बुद रोगका कोशीकाहरु रक्तनलिहरुमा बढ्दछन र रगतकै माध्यामबाट शरीरका अन्य भागहरुमा फैलिन्छ.
(ख) अर्बुद रोगका कोशीकाहरु शरीर का अंग या तन्तुहरुबाट निस्कने एक किसिमको रँगहिन् क्षार Lymph बाट प्रबेश् गर्छन् र Lymph Glands तिर प्रबाहित हुन्छन ।
(ग) अर्बुद रोगका कोशीकाहरु सोझै शरीर का एक तन्तुबाट सँगैको अर्को तन्तुमा सरेर पनि बढदछ .
(६) अर्बुद रोग के कारणले हुछ?
अर्बुद रोग यही नै कारणले हुन्छ भनेर ठयक्कै भन्न गार्हो छ । तर, केही चिजहरु जसलाई Carcinogens भनिन्छ, यसले निश्चित पनि अर्बुद रोग हुने सम्भाबना बढाउनमा भने मद्दत गर्दछ । जस्तो कि: जो मानिस धुम्रपान या खैनी खान्छ उसलाई मुख, घाटी, र फोक्सोको अर्बुद रोग हुने प्रबल सम्भाबना हुन्छ ।
(क) सुर्तीजन्य बस्तुहरु: मध्यपान र धुम्रपान को अत्याधिक सेबन गर्नाले शरीर का बिभिन्न अँगहरुमा अर्बुद रोगको प्र्बल सम्भाबना हुछ ।
(ख) खानपिन: अत्याधिक चिल्लो खाना, नुन बढी भएको खाना, धुवामा सेकाएको मासु, ढुसी परेको खानेकुराहरु, बासी खानेकुराहरुको प्र्योग गर्नाले अर्बुद रोग हुने सम्भाबना हुन्छ ।
(ग) बन्शानुगत: कुनै कुनै अर्बुद रोगहरु बन्शानुगत भएको पनि पाइएको छ। बन्शानुगत भन्नाले कुनै ब्यक्तिमा अर्बुद रोग पाइएको खन्डमा उक्त ब्यक्तिको रक्त सम्बन्धी नातेदार (दाजु, दिदीबहिनी, छोराछोरी) लाई समेत अर्बुद रोग लाग्ने सम्भाबना बढी हुछ ।
(घ) बिकिरण: हाम्रो शरीर लाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा बिभिन्न स्रोतको माध्यमबाट रेडियो बिकिरणको प्रभाब पारीरहेको हुछ । जस्तै: अत्याधिक घाम, परमाणुको प्रभाब आदिबाट हामीलाई शरीर को बिभिन्न भागमा अर्बुद रोग हुने अत्यधिक सम्भाबना हुने गर्छ । त्यसै गरी नियमित रुपमा उपचार बिधिमा प्रयोग हुने बिकिरण जस्तै : X-ray, CT Scan, Radiotherapy, mammogram आदिको अत्याधिक प्रयोगबाट कुनै कुनै बेला अर्बुद रोग हुने सम्भाबना रहन्छ ।
(ङ) जिबाणुक कारणबाट: कुनै कुनै अर्बुद रोगको कारक तत्वको रुपमा कुनै जिबाणुहरुले गर्दा पनि भएको छ । उदाहरणको रुपमा पाठ्यघर को मुखको Cancer (Cancer Cervix) को कारक तत्वको रुपमा HPV Virus लाई लिइएको छ ।
(च) अन्य कारक तत्वहरुमा:
– वाताबरण प्रदुषण
– औधोगिक प्रदुषण
– मिसावटयुक्त खानपान सेबन,
– बिभिन्न बिषाक्त रसायन पदार्थको प्रभाबले गर्दा ।
(7) अर्बुद रोग पुर्ख्यौली रोग हो?
पुर्ख्यौली गुणहरुका कारण पनि केहीमात्रामा अर्बुद रोग हुने सम्भाबना रहेको उदाहरणहरु भेटिएका छ । आमाबाबु दुबइ या एकमा हुने सम्भाबनालाई गम्भिरताका साथ हेरिनु पर्छ.
(८) अर्बुद रोग बाट बच्ने माध्यमहरु के के हुन ?
निम्न लिखित बुदाहरुमा ध्यान दिएको खन्डमा संसारमा हुने सबै खालका अर्बुद रोग मध्य एक दुई अर्बुद रोगबाट हामी बाँच्न सक्छौ । जस्तै:
– मध्यपान तथा धुम्रपान को सेबन नगर्ने,
– शाकाहरी र सन्तुलित भोजनको सेबन गर्ने,
– चर्को नूनको प्रयोग नगर्ने ,
– धुवामा सेकाएका मासु कमा सेबन गर्ने,
– चिल्लो पदार्थ, ढुसी परेको, बासी खानेकुरा प्रयोग नगर्ने
– नियमित ब्यायामा गर्ने,
– सरसफाइमा बिशेष ध्यान पुर्याउने,
– नियमित स्वास्थ्य परिक्षण गर्ने
९) हामी कसरी अर्बुद रोगलाई नियन्त्रण गर्न सक्छौ ?
क) अर्बुद रोगका सम्भाबित लक्षणहरु देखिनासाथ चिकित्सक सँग संपर्क राख्ने र त्यसो नगरे यस रोगबाट हुने सम्भाबित पारीणामका बारेमा सधैं सचेत रहेर हरेकले चनाखो हुने ।
ख) बर्षेनी नियमित रुपमा शरीरको पूर्ण परिक्षण गर्ने, २० बर्ष पुगेका विवाहित महिलाहरुले नियमित रुपमा हरेक १३ बर्ष भित्र Pap Smear Test गराउने । त्यसमा पनि ३५ बर्ष भन्दा माथिका महिलाहरुले त सम्भब भएसम्म बर्षेनी परिक्षण गराउने ।
ग) रोग लागेको भए यथासक्य चाडो पत्ता लगाउने र चिकित्सकको राय अनुसार उपचारमा सङ्लग्न हुने .
घ) अर्बुद रोगको कारण, लक्षण, जतिसक्दो चाडो यसको उपचार गर्नुको महत्व र उप्युक्त ऊपचार् बिधी र यसको बारेमा चेतना प्रबाह गर्न सकियो भने यस रोगलाई नियन्त्रणमा लिनासकिन्छ .
१०) अर्बुद रोगका प्रारम्भिक सन्केतहरु केके हुन सक्छन?
सामान्यत: अर्बुद रोगका आठवटा प्रारम्भिक सन्केतहरु हुन्छन । जस्लाई अर्बुद रोगका सुरुका आठ लक्षणहरु भनिछ:
– हतपत निको नहुने खोकी वा घोक्रो स्वर भएमा
– कोठिको रङ र आकारमा परिवर्तन देखापरेमा ।
कुन अर्बुद रोग सुरुमै पत्ता लगाएर उपचार गर्न जरुरी हुन्छ?
– अर्बुद रोग सुरुमै पत्ता लाग्यो र उपचार थालियो भने शरिर को अन्य भागमा फैलिने सम्भावना थोरै हुन्छ र यसको उपचार सजिलै गर्न सकिन्छ । कुनै पनि अर्बुद रोग ढिलो गरी पत्ता लागेमा निको हुन गाह्र्यो हुन्छ । त्यसैले हामी भन्छौ क्यान्सर निको हुन्छ्, शुरुमै उपचार गरे ।
अर्बुद रोगको परिक्षण कहाँ गर्न सकिन्छ ?
भक्तपुर स्थित नेपाल अर्बुद रोग निबारण सस्था, भक्तपुर क्यान्सर अस्पताल र चितवन स्थित बी पी कोइराला मेमोरियल क्यान्सर अस्पताल मा यसको प्रारम्भिक परिक्षण एबम उपचार गर्न सकिन्छ । यसका लागी नेपाल नेपाल अर्बुद रोग निवारण सस्थाले पनि समय समयमा परिक्षण क्लिनिक हरु सन्चालन गर्ने गरेको छ तथा आफ्नो नजिकको कुनै पनि अस्पताल हरुमा पनि शंका लागेको खन्डमा यसको परिक्षण गर्न सकिन्छ ।
अर्बुद रोग पत्ता लगाउन कुना किसिमका उपाए हरु प्रयोग गरिन्छ ?
क्यान्सर पत्ता लगाउन सशिरको शंका लागेको भागको मासुको जांच गर्नु पर्छ जसलाई वायोप्सी (Biopsy) भनिन्छ । यसभन्दा बाहेक रोगको प्रबृती हेरेर अरु थुप्रै जाँच हरु गर्न सकिन्छ । जस्तै: तरल पदार्थको जाँच FNAC, Bone Marrow Examination आदी ।
अर्बुद रोगको उपचार कसरी गरिन्छ?
शल्यकृया (surgery), केमो-थेरापी (Chemotheraapy), रेडियोथेरापी (Radiotherapy) अथवा यि तीन बिधिहरु एकसाथ प्रयोग गरेर प्रारम्भिका अवस्थामा अर्बुद रोगको उपचार गर्न सकिन्छ ।
के सबै प्रकार्का अर्बुद रोगको उपचार्का लागी रेडियसन (Radiation) उपयुक्त हुन्छ?
हुँदैन, अर्बुद रोगको उपचार बिधी यसको प्रकार्, स्थान र यसको बृद्दिको मात्रामा भर पर्छ र सबै किसिमका अर्बुद रोगको उपचारका लागी रेडियसन (Raadiation)उपयुक्त हुँदैन, आबश्यकता अनुसार अन्य बिधिहरुको प्रयोग हुन्छ ।
रेडियसन (Radiation) ले के गर्छ?
– रेडियसन (Radiation) ले अर्बुद रोगका आक्रान्त कोशीका हरुलाई नस्ट हुन्छन । तर अहिले सामान्य कोशीका र तन्तुहरुलाई जोगाएर अर्बुद रोगका आक्रन्त कोशीकाहरुलाई मात्र नस्ट गर्ने अत्याधुनिका प्रबिधिको बिकास भएको छ ।
– शल्यकृया (Surgery) कतिको प्रभाबकारी हुन्छ र शुरुको अवस्थामा रहेकोअर्बुद रोगको उपचारका लागी शल्यकृया पनि एक उपयुक्त बिधी हो । प्लास्टिक तथा रिकन्स्टिक्टव सर्जरी र एनेस्थेसियामा भएको उल्लेखनिय एवं सफल प्रयोगले शल्यकृया अर्बुदा रोगको उपचारका लागी एक सफल बिधी साबित भएको छ । यसलाई (Onco Surgery) भनिन्छ ।
अर्बुद रोग लागेको आशंका लागेमा तपाइले के गर्नुपर्छ?
संभव भए अर्बुद रोग बिशेषज्ञ (Cancer Specialist) नभए आफ्नो नजिकैको चिकित्सक सँग तुरुन्त परिक्षण गर्नुपर्छ ।
के ले अर्बुद रोग उपचार गर्न सकिन्छ?
यदी समयमा उचित किसिमले उपचार गर्न सकियो भने अहिले ३३ प्रतिसत अर्बुद रोग निको पार्न सैन्छ । तर यो जती लामो समसम्मा रहेको हुन्छ त्यती नै यसको सफल उपचार सम्भव हुँदैन । राम्रो खानपिन गरेमा १ र २ क्यान्सर रोग पूर्णतया निको हुछ र ढिलो भएको खन्डमा १ र ३ क्यान्सर निको पार्न सकिदैन ।
वि. सं. २०८१ सालका विवाह, व्रतबन्ध, अन्नप्राशन, गृहारम्भ, गृहप्रवेश, व्यापारिक प्रतिष्ठा जुर्ने दिनहरू। विवाहको मुहूर्त वैशाख ६ र ७ गते असार २७, २८, ३० र ३१ गते मङ्सिर... विस्तृतमा