सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौँ । एमालेका उपाध्यक्ष बामदेव गौतम कांग्रेसका सञ्जय गौतमसँग पराजित भएका छन् । बर्दियाको क्षेत्र नम्बर १ मा कांग्रेसका सञ्जय गौतमसँग ७ सय ५३ सय मतले पराजित हुनुभएको हो ।
कांग्रेसका सञ्जय गौतम र बाम गठबन्धनेका बामदेब गौतम विचको मतान्तर ७५३ मत रहेको थियो। सञ्जय गौतमले ४४ हजार ८२९ मत ल्याउँदा बामदेव गौतमको ४४ हजार ७६ ल्याए ।
बाम गठबन्धनबाट हार्ने गौतम दोस्रा ठूला प्रभावशाली नेता हुन् । गौतमअघि माओवादीका नारायणकाजी श्रेष्ठ पराजित भएका थिएनन् ।
२०७० सालको चुनावमा बर्दिया र प्यूठानबाट चुनाव जितेका गौतमले बर्दिया छाडेर प्यूठान रोजेका थिए । यसपटक भने बाम गठबन्धनका कारण प्यूठानमा जनमोर्चालाई सघाउने निर्णय भएपछि उनी बर्दियाबाट चुनाव लड्न बाध्य भएका थिए ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा