सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३८७ सवारीसाधनमाथि कारबाही गरिएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सोमबार बिहान ६ बजेसम्मको अवधिमा उक्त संख्यामा सवारीसाधनमाथि कारबाही गरिएको हो।
कारबाहीमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ६५, सीसीटीभीबाट पहिचान भएका ४१, ट्राफिक बत्ती उल्लङ्घन गर्ने १७ र तीव्र गतिमा सवारी चलाउने १० जना चालक परेका छन्।
त्यस्तै, हर्न बजाउने दुई, सवारीको अवस्था ठीक नभएका पाँच र एकतर्फी सडकमा नियम उल्लङ्घन गर्ने दुई सवारीसाधनमाथि कारबाही गरिएको छ। अन्य कसुरमा २४५ सवारीसाधन कारबाहीमा परेका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा