सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट महिलातर्फ खुला केन्द्रीय सदस्यमा वासना थापाले सर्वाधिक मत प्राप्त गरेकी छन्। निर्वाचन समितिका अनुसार १५ जना निर्वाचित हुने यस समूहमा कांग्रेस संसदीय दलकी प्रमुख सचेतक थापा सबैभन्दा बढी मत ल्याउँदै पहिलो स्थानमा रहेकी हुन्।
यसैगरी, महाधिवेशनस्थलबाट ठगीको आरोपमा पक्राउ परेकी विनिता खड्का पनि केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन्। उनले सातौँ स्थान हासिल गरेकी हुन्। विशेष महाधिवेशनबाट यसअघि नै केन्द्रीय सदस्य बनेकी खड्का पुनः निर्वाचित भएकी हुन्।
महिला खुला केन्द्रीय सदस्यमा थापा र खड्कासहित सांसद उर्मिला थपलिया, लुम्बिनी प्रदेशसभा सदस्य निमा गिरी तथा पूर्वसांसद कुसुमदेवी थापा पनि निर्वाचित भएका छन्।
निर्वाचित हुने अन्य सदस्यमा धनाकुमारी खतिवडा, अनिता देवकोटा, लक्ष्मी पाण्डे, सृजना अधिकारी, मुना भुसाल, चिनी पोखरेल (चिनु), रिता थापा मगर, कल्पना तिवारी, गंगा दाहाल र कान्तिका सेजुवाल रहेका छन्।
यससँगै नेपाली कांग्रेसको महिला खुला केन्द्रीय सदस्यतर्फ १५ जनाले केन्द्रीय समितिमा स्थान सुरक्षित गरेका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा