• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन २१, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • राष्ट्रिय टोलीबाट महान खेलाडि मेस्सीको भावुक विदाइ

      राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो, प्रशिक्षकले वचन तोडेको आरोप

      लमजुङमा एक घण्टामा २८.६ मिलिमिटर वर्षा

      प्रहरी हिरासतमा कुटपिट भएको आरोप, वडाध्यक्ष बिकलाई सुर्खेत लगियो

      महाधिवेशनको चौथो दिन : के-के हुदैछ ?

      बाढी र पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित

      कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

      कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

      भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

      कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

      आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

      विजया दशमीको टीकाको साइत कात्तिक ४ गते बिहान १०:२६ बजे

      गगन थापाले गराए सभापतिमा उम्मेदवारी दर्ता

      नानू बाँस्तोलाले दिइन् सहमहामन्त्रीमा उम्मेदवारी

    होमपेज /  समाचार

    राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो, प्रशिक्षकले वचन तोडेको आरोप

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन २१, बुधबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १४ पटक पढिएको
  • काठमाडौं । पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले राष्ट्रिय टोलीबाट तत्काल सन्न्यास लिने कुनै योजना नरहेको स्पष्ट पारेका छन् । प्रशिक्षक जोर्जे जेसुससँगको विवादपछि राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका रोनाल्डोले आफू अझंैपनि देशका लागि खेल्न र उपाधि जित्न प्रतिबद्ध रहेको बताएका हुन् ।

    साउदी क्लब अल नासरबाट व्यावसायिक फुटबल खेलिरहेका ४१ वर्षीय रोनाल्डोले सामाजिक सञ्जाल इन्स्टाग्राममा लामो धारणा सार्वजनिक गर्दै आफू शारीरिक रूपमा फिट रहेर क्लबका लागि खेलिरहेको अवस्थामा राष्ट्रिय टोलीमा उपलब्ध हुने बताएका छन् । ‘मैले निलम्बनसम्बन्धी सम्भावित सजाय भोगिसकेपछि राष्ट्रिय टोलीका लागि उपलब्ध हुनेछु । आजसम्म जस्तै आगामी दिनमा पनि देशका लागि प्रतिस्पर्धा गर्न र जित्न चाहन्छु,’ उनले लेखेका छन् ।

    युइएफए नेसन्स लिगअन्तर्गत नर्वेविरुद्धको खेलमा आफूलाई मैदानमा उतार्ने अपेक्षा गराइए पनि प्रशिक्षकले अन्तिम समयमा खेल्न नदिएपछि विवाद चर्किएको रोनाल्डोको भनाइ छ । उनले आफूले मध्यान्तरदेखि नै वार्मअप गरे पनि मैदानमा बोलाउने समयको प्रतीक्षा गर्दागर्दै खेल सकिएको बताएका छन् । ‘प्रशिक्षकले मसँग गरेको वाचा तोडे,’ रोनाल्डोले भनेका छन् ।

    रोनाल्डो र जेसुस यसअघि साउदी क्लब अल नासरमा सँगै काम गरिसकेका छन् । विवाद बढेपछि उनीहरूबीच साउदी प्रो लिग क्लबका खेल निर्देशक सिमाओ काउटिन्होको उपस्थितिमा छलफल भएको थियो । रोनाल्डोका अनुसार छलफलमा जेसुसले सार्वजनिक रूपमा घटनाबारे स्पष्टीकरण दिने सहमति भएको थियो । त्यसका लागि आठ बुँदाको योजना पनि तयार गरिएको थियो ।

    तर, प्रशिक्षकले सार्वजनिक रूपमा दिएको अभिव्यक्ति छलफलमा भएको सहमतिअनुसार नभएको रोनाल्डोको आरोप छ । उनले प्रशिक्षकले दोस्रो पटक आफ्नो वाचा तोडेको भन्दै थप आश्वासनको प्रतीक्षा नगरी प्रशिक्षण शिविर छाड्ने निर्णय गरेको बताएका छन् ।

    यद्यपि, जेसुसले रोनाल्डोसँग त्यस्तो सहमति नभएको दाबी गरेका छन् । उनले रोनाल्डोको राष्ट्रिय टोलीमा पुनरागमनको सम्भावनालाई भने खुला राखेका छन् । रोनाल्डोले टोलीका सहकर्मी र पोर्चुगिज जनतासँग शिविर छाडेको घटनाका लागि माफी पनि मागेका छन् । पोर्चुगल फुटबल महासंघले आफूलाई दिने कुनै पनि सजाय स्वीकार गर्ने उनको भनाइ छ ।

    आफ्नो बिदाइ खेलबारे भइरहेको चर्चाप्रति प्रतिक्रिया दिँदै उनले राष्ट्रिय टोलीबाट बिदाइ हुने खेलका लागि समय रहेको तर अहिले आफ्नो प्राथमिकता प्रतिस्पर्धा गर्नु रहेको बताए । ‘मेरा समर्थक र विशेषगरी पोर्चुगिज जनतालाई वाचा गर्न सक्छु, हाम्रो बिदाइ खेल हुनेछ । एक वा त्योभन्दा बढी खेल पनि हुन सक्छन् । त्यसका लागि समय छ । तर राष्ट्रिय टोलीबारे सोच्दा मेरो ध्यान प्रतिस्पर्धा गर्नेमै हुन्छ,’ उनले भनेका छन् ।

    पाँच पटकका बालोन डी’ओर विजेता रोनाल्डो पोर्चुगलका लागि सर्वाधिक खेल खेल्ने र सर्वाधिक गोल गर्ने खेलाडी हुन् । पछिल्लो अभिव्यक्तिले तत्कालका लागि उनको अन्तर्राष्ट्रिय करियर अन्त्य हुने अड्कलबाजीलाई कमजोर बनाएको छ । उनले राष्ट्रिय टोलीबाट औपचारिक बिदाइभन्दा पनि देशका लागि खेल्ने र उपाधि जित्ने आफ्नो चाहना प्राथमिकतामा रहेको स्पष्ट पारेका छन् । एएनआई

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    राष्ट्रिय टोलीबाट महान खेलाडि मेस्सीको भावुक विदाइ

    लमजुङमा एक घण्टामा २८.६ मिलिमिटर वर्षा

    प्रहरी हिरासतमा कुटपिट भएको आरोप, वडाध्यक्ष बिकलाई सुर्खेत लगियो

    बाढी र पहिरोका कारण विभिन्न राजमार्ग प्रभावित

    भोटेकोशी बाढी अपडेट : १ हजार ४५७ जनाको शव फेला

    २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    राष्ट्रिय टोलीबाट महान खेलाडि मेस्सीको भावुक विदाइ

    राष्ट्रिय टोलीबाट सन्न्यास लिने पक्षमा छैनन् रोनाल्डो, प्रशिक्षकले…

    लमजुङमा एक घण्टामा २८.६ मिलिमिटर वर्षा

    प्रहरी हिरासतमा कुटपिट भएको आरोप, वडाध्यक्ष बिकलाई सुर्खेत…

    विजया दशमीको टीकाको साइत कात्तिक ४ गते बिहान…

    गृहमन्त्री सुधन गुरुङ भारत जाने

    काउली बोकेको ट्रकभित्र २ हजार ५६६ किलो गाँजा,…

    संघीय संसद्का दुवै सदनको चालु अधिवेशन अन्त्य

    आर्थिक

    नेप्से १२ अंकले बढ्यो, कारोबार रकम ३ अर्ब माथि

    माछापुच्छ्रे बैंकको लगानीमा सुनसरीमा २० मेगावाटको सौर्य ऊर्जा आयोजना निर्माण हुने

    रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑