• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ आश्विन ९, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • मकवानपुरमा प्रहरी–उपमहानगरपालिकाको संयुक्त अनुगमनमा

      गण्डकी बेसिनका सबै हाइड्रोहरुमा हाइ अलर्ट

      देशका विभिन्न जिल्लामा मुख्य सडक बन्द

      एमालेमा वदलीएको राजनीति : विद्यालाई दोस्रो वरीयतामा ल्याइएपछि पार्टीभित्र हलचल

      काठमाडौं उपत्यकाभित्रका नदी तटीय क्षेत्रमा जोखिम, प्रहरीले बढायो निगरानी

      खराब मौसमका कारण उडान प्रभावित

      पहिरोका कारण बीपी राजमार्ग बन्द

      कोशी ब्यारेजमा पानीको बहाव एक लाख ९० हजार, २४ ढोका खुला, सतर्कता अपनाउन आग्रह

      जलवायु संकटविरुद्ध विश्वव्यापी सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाह

      विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि एसईएसपीको कार्यक्रम तर्जुमा सुरु

      वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह

      भोटेकोशी बाढी अपडेट : १ हजार ४५३ जनाको शव फेला

      बास्कोटाले गरे प्रधानमन्त्री बालेनको यूएन सम्बोधनको प्रशंसा

      प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १९६ जनालाई कारबाही

    होमपेज /  समाचार

    काठमाडौं उपत्यकाभित्रका नदी तटीय क्षेत्रमा जोखिम, प्रहरीले बढायो निगरानी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ आश्विन ९, शुक्रबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १६ पटक पढिएको
  • काठमाडौं । अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू अवरुद्ध भएका छन् ।

    काठमाडौं उपत्यकाका नदीहरूमा पानीको बहाव बढेपछि ट्राफिक प्रहरीले नदी तटीय क्षेत्र तथा करिडोरमा निगरानी बढाएको छ ।

    उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीले काठमाडौं उपत्यकाका नदीहरूमा पानीको बहाव बढेपछि नदी किनार तथा करिडोर क्षेत्रमा रोकिएका सवारीसाधन हटाउन अनुरोध गरिएको र आवश्यकताअनुसार हटाउने काम भइरहेको बताएका छन् ।

    उनले ट्राफिक प्रहरीलगायत सुरक्षा निकायले संयुक्त रूपमा नदी तटीय क्षेत्रमा निगरानी गरिरहेको बताए ।

    उनले भने, ‘काठमाडौं उपत्यकाको नदीहरूमा पानीको बहाव बढिरहेको अवस्था छ । त्यसले गर्दा अहिले हाम्रो सुरक्षाकर्मीहरू, नेपाल प्रहरी, ट्राफिक प्रहरी लगायत सबैले संयुक्त रूपमा नै यो नदीको तटीय क्षेत्रहरूमा निगरानी बढाएका छौं । सैसँगसँगै रोकिएका सवारी साधनलाई पनि हामीले हटाउनलाई अनुरोध गरेका छौं, हटाएका छौं ।’

    विशेषगरी बागमती र विष्णुमती करिडोरमा सावधानी अपनाउन तथा सम्भव भएसम्म करिडोर सडक प्रयोग नगर्न सर्वसाधारणलाई अनुरोध गरिएको उनले बताए । यससम्बन्धी सूचना मेट्रो ट्राफिक एफएममार्फत समेत निरन्तर सम्प्रेषण भइरहेको उनले जानकारी दिए ।

    उनले भने, ‘त्यस्तैगरी विशेषगरी यो बागमती करिडोर, विष्णुमती करिडोरलगायत नदीका करिडोर क्षेत्रमा सकेसम्म बाटो युज नगर्नलाई हामीले सबै सर्वसाधारण नागरिकलाई अनुरोध गरेका छौं । मेट्रो ट्राफिक एफएमबाट पनि हामीले सूचना जारी, सम्प्रेषणहरू गरिराखेका छौं ।’

    एसपी सुवेदीका अनुसार हालसम्म काठमाडौं उपत्यकाभित्र यातायात व्यवस्थापनमा ठूलो समस्या देखिएको छैन । सवारीसाधन सामान्य रूपमा सञ्चालन भइरहेका छन् । तर, उपत्यकाबाहिर जाने केही प्रमुख सडकखण्डमा अवरोध रहेकाले ती रुटमा जाने सवारीसाधनलाई काठमाडौंमै रोकिएको छ ।

    विशेषगरी बीपी राजमार्ग, कान्ति लोकपथ, दक्षिणकाली–सिस्नेरी सडकखण्ड, पृथ्वी राजमार्गलगायत सडकमा अवरोध रहेकाले ती मार्गबाट सवारी सञ्चालन हुन नसकेको उनले बताए ।

    मकवानपुरबाट त्रिभुवन राजपथ हुँदै काठमाडौं आउने सवारीसाधन भने सञ्चालनमा रहेका उनले बताए ।

    अत्यावश्यक सामग्री बोकेका सवारीसाधन तथा बाटोमा रोकिएका यात्रु र सवारीसाधनको व्यवस्थापनमा प्रहरीले ध्यान दिइरहेको उनले बताए ।

    त्यस्तै टोखा–छहरे हुँदै नुवाकोट जाने तथा साँखुतर्फ जाने सवारीसाधन पनि सञ्चालनमा रहेको उनले बताए ।

    उपत्यकाका विभिन्न नदीमा पानीको बहाव बढे पनि विशेषगरी च्यासल र थापाथली क्षेत्रमा बहाव केही बढेको भन्दै प्रहरीले पैदलयात्रीलाई समेत उक्त सडक प्रयोग नगर्न आग्रह गरेको उनले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    मकवानपुरमा प्रहरी–उपमहानगरपालिकाको संयुक्त अनुगमनमा

    देशका विभिन्न जिल्लामा मुख्य सडक बन्द

    खराब मौसमका कारण उडान प्रभावित

    पहिरोका कारण बीपी राजमार्ग बन्द

    जलवायु संकटविरुद्ध विश्वव्यापी सहकार्य आवश्यक छ : प्रधानमन्त्री शाह

    विद्यालय शिक्षाको बाँकी पाँच वर्षका लागि एसईएसपीको कार्यक्रम तर्जुमा सुरु

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    मकवानपुरमा प्रहरी–उपमहानगरपालिकाको संयुक्त अनुगमनमा

    गण्डकी बेसिनका सबै हाइड्रोहरुमा हाइ अलर्ट

    देशका विभिन्न जिल्लामा मुख्य सडक बन्द

    एमालेमा वदलीएको राजनीति : विद्यालाई दोस्रो वरीयतामा ल्याइएपछि…

    बास्कोटाले गरे प्रधानमन्त्री बालेनको यूएन सम्बोधनको प्रशंसा

    प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

    पेन्सनसम्बन्धी व्यवस्था सुधार्न मूल ऐन नै संशोधन गर्नुपर्छ…

    राष्ट्रियसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

    आर्थिक

    नेप्से ११.७७ अंकले बढ्यो, कारोबार रकम भने घट्यो

    मुक्तिनाथ विकास बैंक र अटोवेजबीच बुल मेसिन खरिदमा कर्जा सुविधा दिने सम्झौता

    सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो, जिडिपीको ४५ प्रतिशतभन्दा बढी

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑