• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र १६, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बाढीको वितण्डापछि प्रहरीको चुनौती : शव व्यवस्थापनदेखि अपराध नियन्त्रणसम्म

      रसुवा बाढीमा उद्धार तथा राहतका लागि राज्यको सम्पूर्ण संयन्त्र परिचालन : गृहमन्त्री गुरुङ

      ‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान

      त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

      रसुवा बाढी : सडक यातायात पुनःस्थापनामा तीव्रता, ५३ वटा झोलुङ्गे पुलमा क्षति

      खुम्बु पासाङल्हामु गाउँपालिकाले रसुवाका बाढीपीडितलाई २२ लाख २२ हजार सहयोग गर्ने

      सभामुख डीपी अर्यालले एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा जम्मा गर्ने

      सिटी एक्सप्रेस ग्रुपद्वारा बाढी प्रभावितका लागि १ करोड ११ लाख सहयोग

      बाढीपछि सम्पर्कविहीन टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव गोरखामा भेटियो

      बाढीमा ज्यान गुमाएकाको डीएनए नमुना सुरक्षित, पहिचानपछि शव उत्खनन गर्न सकिने

      भोटेकोशी बाढी : मृतकको संख्या १०३ , ११ हजार ८८४ जनाको उद्धार

      एमालेद्वारा गठित सहयोग समिति राहत सामग्री बोकेर नुवाकोट प्रस्थान

      एमालेद्वारा गठित सहयोग समिति राहत सामग्री बोकेर नुवाकोट प्रस्थान 

      दक्षिण कोरियाली उद्धार टोली खोज तथा उद्धारमा, ५ कुकुरसहित थप ४४ जनाको दक्ष टोली पठाउँदै

      प्रतिनिधिसभाको बैठक बुधबारलाई आव्हान : महाविपत्तिबारे विशेष प्रस्तावमा दलका नेताले बोल्ने

    होमपेज /  समाचार

    रसुवा बाढी : सडक यातायात पुनःस्थापनामा तीव्रता, ५३ वटा झोलुङ्गे पुलमा क्षति

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र १६, मंगलबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २३ पटक पढिएको
  • रसुवा बाढी : सडक यातायात पुनःस्थापनामा तीव्रता, ५३ वटा झोलुङ्गे पुलमा क्षति

    काठमाडौं । भदौ १० गते आएको विनाशकारी रसुवा बाढीका कारण क्षतिग्रस्त सडक तथा पुलहरूको तत्काल पुनःस्थापनाका लागि सडक विभागले काम तीव्र बनाएको छ ।

    बाढीबाट रसुवा, नुवाकोट र धादिङसहितका जिल्लामा सडक, पुल तथा अन्य भौतिक पूर्वाधारमा ठूलो क्षति पुगेको विभागले जनाएको छ ।

    सडक विभागका महानिर्देशक डा. विजय जैसीका अनुसार बाढीबाट विभागअन्तर्गतका ३१ वटा पुल बगेका वा क्षतिग्रस्त भएका छन् । केही पुल पूर्णरूपमा बगेका छन् भने केही पुलका स्पानमा क्षति पुगेको छ ।

    विभागले तत्कालका लागि देवीघाट, त्रिशूली बजार र बेत्रावतीमा गरी तीन स्थानमा बेलीब्रिज निर्माणको काम अघि बढाएको छ । देवीघाटस्थित तादी खोला पुलमा ५० मिटर लामो बेलीब्रिज राख्ने तयारी गरिएको छ । यसका लागि आवश्यक डिजाइन सम्पन्न भइसकेको विभागले जनाएको छ ।

    बाँकी करिब २० वटा क्षतिग्रस्त पुलमा बेलीब्रिज राख्नका लागि स्थलगत सर्वेक्षण भइरहेको छ । बेलीब्रिज राख्नुअघि फाउन्डेसनको अवस्था अध्ययन गर्नुपर्ने भएकाले केही स्थानमा सर्वेक्षण र डिजाइनको काम भइरहेको महानिर्देशक जैसीले बताए ।

    बाढीले पृथ्वी राजमार्गअन्तर्गत गल्छी, बैरेनी, जरीखेत, पोखरे, बाङ्गे र गलौंदी क्षेत्रमा ठूलो मात्रामा लेदो थुपार्दा सडक सञ्चालनमा गम्भीर समस्या उत्पन्न भएको थियो ।

    जैसीका अनुसार कतिपय स्थानमा दुईदेखि तीन मिटरसम्म लेदो थुप्रिएको थियो । अत्यधिक बाक्लो लेदो सामान्य उपकरणबाट हटाउनसमेत कठिन भएको उनले बताए ।

    बाढीपछिको सडक पुनःस्थापनाका लागि सडक विभागले फिल्डमा करिब ५० जना प्राविधिक परिचालन गरेको छ ।

    फिल्डमा प्रथम श्रेणीका दुईतीन जना अधिकारी, सिनियर डिभिजनल इन्जिनियर (सीडीई) पाँच ६ जना तथा इन्जिनियर, सब–इन्जिनियर, अपरेटर र मेकानिक्सलगायत प्राविधिक जनशक्ति खटिएका छन् ।

    विभागका अनुसार प्रभावित सबै क्षेत्रमा स्थलगत रूपमा पुग्न सम्भव नभएकाले कतिपय स्थानमा हेलिकप्टरमार्फत सर्वेक्षण गरिएको छ ।

    बाढीबाट क्षतिग्रस्त सडक तथा यातायात सेवा तत्काल पुनःस्थापना गर्न सडक बोर्डले तीन करोड २५ लाख रुपैयाँ विनियोजन गरेको छ ।

    बाढीपछि बसेको सडक बोर्डको आकस्मिक बैठकले प्रभावित क्षेत्रमा तत्काल आवश्यक पर्ने इन्धन, ग्राभेल तथा अन्य आकस्मिक कामका लागि उक्त रकम विनियोजन गरेको महानिर्देशक जैसीले बताए । थप आवश्यक रकम सम्बन्धित योजनामा विनियोजित बजेटबाट खर्च गर्ने सहमति भएको विभागले जनाएको छ ।

    सडक विभागले विभिन्न स्थानमा १५ भन्दा बढी निर्माण उपकरण परिचालन गरेको छ । बेत्रावती क्षेत्रमा सडक साँघुरो भएकाले हाल १४ वटा उपकरण सञ्चालनमा रहेको र अन्य उपकरणलाई जगेडामा राखिएको छ ।

    पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर र परेवाडाँडामा सडक क्षतिग्रस्त हुनुका साथै धादिङबेँसीतर्फको फुर्केखोला पुल भत्किएपछि धादिङबेँसीसँगको सडक सम्पर्क अवरुद्ध भएको थियो ।

    विभागले पृथ्वी राजमार्गको मासटारबाट नेपालटार, गजुरीटार, पिपलटार, आदमटार हुँदै बेनीघाटबाट धादिङबेँसी पुग्ने वैकल्पिक सडक सञ्चालनमा ल्याएको छ । उक्त सडकबाट धादिङबेँसीसँग सम्पर्क स्थापित भइसकेको विभागले जनाएको छ ।

    त्यसैगरी गल्छी, कल्लेरीटार, कौसीखोला, पिपलटार, दर्शनटार, छत्रेखोला र गौरीबेँसी हुँदै त्रिशूली बजारसम्म पुग्ने वैकल्पिक सडकसमेत सञ्चालनमा ल्याइएको छ ।

    नुवाकोटको विदुरदेखि बेत्रावती हुँदै धुन्चेसम्मको सडक सञ्चालनमा ल्याउन विभागले प्राथमिकताका साथ काम गरिरहेको छ ।

    विदुर–बेत्रावती करिब १० किलोमिटर सडकखण्डमध्ये ६ किलोमिटरभन्दा बढी सडक बाढीले पूर्णरूपमा बगाएको थियो । विभागले अहिले सडक खन्दै बेत्रावतीतर्फ करिब सात किलोमिटरसम्म पहुँच पु¥याएको जनाएको छ ।

    बेत्रावती क्षेत्रमा त्रिशूली नदी किनारबाट सडक निकाल्नुपर्ने भएकाले भर्टिकल कटिङ गर्नुपर्ने अवस्था छ । उक्त कटिङ पूरा भएपछि बेत्रावतीमा बेलीब्रिज राखेर धुन्चेतर्फ यातायात सञ्चालन गर्ने तयारी छ ।

    हाल काठमाडौंको टोखाबाट छहरे, चौघडा पुल, आप्र पुल, समरथली र बोगटीटार हुँदै धुन्चेसम्म पुग्ने करिब ११० किलोमिटर लामो वैकल्पिक सडक प्रयोग भइरहेको छ ।

    कृष्णभीरमा बाढीका कारण दुई स्थानमा सडक कटान भएपछि यातायात सञ्चालनमा समस्या भएको छ । उक्त क्षेत्रमा सडकलाई भित्तातर्फ काटेर खोल्ने कि वैकल्पिक बाटो निर्माण गर्ने भन्ने विषयमा प्राविधिक अध्ययन भइरहेको छ ।

    ५३ झोलुङ्गे पुलमा क्षति

    पूर्वाधार विकास विभागका अनुसार बाढीबाट ५३ वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ । तीमध्ये करिब २० वटा पुल मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने अवस्थामा छन् भने ३३ वटा पुल पूर्ण रूपमा पुनर्निर्माण गर्नुपर्ने अवस्थामा छन् ।

    झोलुङ्गे पुलको तत्काल मर्मतका लागि १५ करोड रुपैयाँ, पुनर्निर्माणका लागि ६० करोड रुपैयाँ र ग्रामीण सडकका लागि ४० करोड रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।

    मर्मत गर्न सकिने झोलुङ्गे पुलको काम २०–२५ दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको विभागले जनाएको छ ।

    तीन जिल्लामा करिब ६ हजार घर प्रभावित

    भदौ १० गतेको बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो मानवीय तथा भौतिक क्षति पुगेको छ ।

    प्रारम्भिक विवरणअनुसार तीन जिल्लामा करिब ६ हजार निजी घर पूर्ण वा आंशिक रूपमा क्षतिग्रस्त भएका छन् । विद्यालयलगायत ४५ वटा सरकारी संरचनामा पनि पूर्ण तथा आंशिक क्षति पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व समुदायलाई आह्वान

    सभामुख डीपी अर्यालले एक महिनाको पारिश्रमिक विपद् उद्धार कोषमा जम्मा गर्ने

    बाढीमा ज्यान गुमाएकाको डीएनए नमुना सुरक्षित, पहिचानपछि शव उत्खनन गर्न सकिने

    भोटेकोशी बाढी : मृतकको संख्या १०३ , ११ हजार ८८४ जनाको उद्धार

    एमालेद्वारा गठित सहयोग समिति राहत सामग्री बोकेर नुवाकोट प्रस्थान

    बाढी प्रभावित क्षेत्रमा प्रविधिसहित झन्डै ८ हजार प्रहरी तैनाथ, अस्पताल र विमानस्थलमा ‘फोकल डेस्क’

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बाढीको वितण्डापछि प्रहरीको चुनौती : शव व्यवस्थापनदेखि अपराध…

    रसुवा बाढीमा उद्धार तथा राहतका लागि राज्यको सम्पूर्ण…

    ‘एक घर बनाउने संकल्प’ लिन सोनु सूदको विश्व…

    त्रिविसहित ६ विश्वविद्यालयमा रजिस्ट्रार नियुक्त

    रसुवा बाढीमा उद्धार तथा राहतका लागि राज्यको सम्पूर्ण…

    बाढीपछि सम्पर्कविहीन टिमुरे भन्सारका अधिकृत नकुल शर्माको शव…

    बाढीपीडितको उद्धार र राहतका लागि पाथीभरा समितिले १०…

    हवाई र जमिनी उद्धार तीव्र, एकैदिन १०९ जनाको…

    आर्थिक

    खुम्बु पासाङल्हामु गाउँपालिकाले रसुवाका बाढीपीडितलाई २२ लाख २२ हजार सहयोग गर्ने

    सिटी एक्सप्रेस ग्रुपद्वारा बाढी प्रभावितका लागि १ करोड ११ लाख सहयोग

    एनआईसी एशिया बैंकद्वारा बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑