सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपालमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति केन्या गणतन्त्र सरकारले दुःख व्यक्त गर्दै नेपाल सरकार र नेपाली जनताप्रति ऐक्यबद्धता जनाएको छ।
केन्याका विदेश तथा डायस्पोरा मामिला मन्त्रिपरिषद् सचिव डा. मुसलिया मुड्वडीले नेपालका परराष्ट्रमन्त्री शिशिर खनाललाई सम्बोधन गर्दै नेपाल सरकार र नेपाली जनताप्रति हार्दिक समवेदना व्यक्त गरेका हुन्।
समवेदना सन्देशमा मुड्वडीले विनाशकारी बाढीको पीडा केन्याले पनि भोगेको उल्लेख गर्दै विपद्को यस कठिन घडीमा नेपालका जनतासँग ऐक्यबद्धता रहेको बताएका छन्।
उनले बाढीमा ज्यान गुमाएका व्यक्तिहरूप्रति शोक व्यक्त गर्दै प्रभावित नागरिकले आफ्नो जीवन पुनःनिर्माणका लागि देखाएको दृढताको सम्मानसमेत गरेका छन्। केन्या सरकारले दुःखको यस घडीमा नेपाल र नेपाली जनताको साथमा रहेको सन्देश दिएको छ।

काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा