• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र १३, शनिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना ओसारपसार र संरक्षणमा राख्न रोक

      सुरुङबाट ४३ विदेशीसहित २०८ जनाको उद्धार

      भोटेकोशी बाढीको पीडा : आफन्तको खोजीमा अस्पताल–अस्पताल धाउँदै परिवार

      रसुवा भोटेकोशी बाढी : ६२६ जनाको शव फेला, २३०१ जनाको उद्धार

      वसन्तपुरमा मनाइयो गाईजात्रा, हेनुहोस् फोटोहरु

      रसुवाको भोटेकोशी बाढी : ६१६ शव फेला, २३०१ जनाको उद्धार

      भोटेकोशी तथा त्रिशूली बाढी : १८४ विदेशी पर्यटकको सकुशल उद्धार, ४२० जना अझै सम्पर्कविहीन

      सैनिक ब्यारेकबाट बाढीपीडितको अपिल : होटलमा महंगी छ, चाउचाउ–विस्कुट मिलाइदिनुहोस

      बाढीको रिपोर्टिङ गर्न आएका विदेशी पत्रकारलाई कानुनी झन्झट, अनुमति लिनै हैरानी

      जलविद्युत्को सुरुङभित्र फसेकाहरूको उद्धारको प्रयास जारी

      बेपत्ता आफन्तको खोजी र शव पहिचानका लागि सैनिक ब्यारेकमा भीड

      बुद्ध एयरको आग्रह : सहज भाडादरसँगै अतिरिक्त ३०० रुपैयाँ छुट, राहत सामग्रीको हवाई ढुवानी निःशुल्क

      त्रिभुवन विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गर्ने

      भोटेकोशी बाढीपछि मुग्लिङ–काठमाडौं सडकखण्ड पुनः सञ्चालनमा

      रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत संकलन गर्न काठमाडौं प्रशासनको अग्रह

    होमपेज /  समाचार

    भोटेकोशी तथा त्रिशूली बाढी : १८४ विदेशी पर्यटकको सकुशल उद्धार, ४२० जना अझै सम्पर्कविहीन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र १३, शनिबार (४ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २५ पटक पढिएको
  • काठमाडौं । रसुवा, नुवाकोट, धादिङ र गोरखा जिल्ला भएर बहने भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित भएकामध्ये हालसम्म १८४ जना विदेशी पर्यटकको सकुशल उद्धार गरिएको छ । नेपाल पर्यटन बोर्डले शनिबार दिउँसो १ः३० बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी प्रभावित क्षेत्रबाट ३ जना पर्यटक सम्पर्कमा आएका र ४२० जना पर्यटक अझै सम्पर्कविहीन अवस्थामा रहेको जानकारी दिएको छ ।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन बोर्ड, पर्यटन प्रहरी, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडिआरआरएमए), सुरक्षा निकाय तथा स्थानीय प्रशासनको संयुक्त समन्वयमा हराइरहेकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिइएको छ ।

    उद्धार गरिएका र सम्पर्कमा आएका कुल १८७ जना पर्यटकमध्ये सबैभन्दा बढी भारतका ११४ जना नागरिक रहेका छन् । यस्तै चीनका २७ जना, दक्षिण कोरियाका २० जना, जर्मनी र माल्टाका ४÷४ जना, इटाली र अमेरिकाका ३÷३ जना तथा रुस, स्विट्जरल्याण्ड र टर्कीका २÷२ जना पर्यटकको सकुशल उद्धार गरिएको छ । त्यसैगरी बुल्गेरिया, ओमान र पोर्चुगलका १÷१ जनाको उद्धार भएको छ भने स्पेनका २ जना र बेल्जियमका १ जना पर्यटक हाल सुरक्षा निकायको सम्पर्कमा आएका छन् ।

    विपद्मा परेका आफ्ना नागरिकहरूको अवस्था बुझ्न विदेशी कूटनीतिक नियोगहरूले पनि पर्यटन बोर्डसँग प्रत्यक्ष समन्वय थालेका छन् । नयाँ दिल्लीस्थित सिंगापुर उच्चायोगका प्रथम सचिव अब्राहम ट्यान र न्युजिल्याण्ड उच्चायोगका काउन्सिलर जेनी डु टोइटले बोर्डको कार्यालयमै पुगेर बेपत्ता नागरिकहरूको खोजीबारे छलफल गरेका छन् । पर्यटन बोर्डले विदेशी नागरिकहरूको खोजी, उद्धार तथा सुरक्षित स्थानान्तरणमा राज्य संयन्त्र पूर्ण रूपमा परिचालन भएको स्पष्ट पार्दै सम्पूर्ण सहयोग उपलब्ध गराउने आश्वासन दिएको छ ।

    यसैबीच बाढी तथा पहिरोका कारण अवरुद्ध बनेको काठमाडौँ–मुग्लिङ सडक खण्ड मर्मतपछि पूर्ण रूपमा सञ्चालनमा आएको छ । रसुवा, नुवाकोट, धादिङ र गोरखाका केही ग्रामीण तथा सहायक सडकहरू बाहेक देशभरको यातायात आवागमन सामान्य रहेको जनाइएको छ । बोर्डले पर्यटक तथा सर्वसाधारणलाई यात्रा सुरु गर्नुपूर्व मौसम र सडकको पछिल्लो अवस्था बुझ्न तथा स्थानीय प्रशासनको सुरक्षा निर्देशन पालना गर्न आग्रह गरेको छ । साथै आपतकालीन सहायताका लागि नेपाल पर्यटन बोर्डको टोल–फ्री नम्बर १२३४, सरकारी हटलाइन ११४४ वा पर्यटन प्रहरीको नम्बर ९८५१२८९४४५ मा सम्पर्क गर्न सकिने व्यवस्था मिलाइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना ओसारपसार र संरक्षणमा राख्न रोक

    रसुवाको भोटेकोशी बाढी : ६१६ शव फेला, २३०१ जनाको उद्धार

    सैनिक ब्यारेकबाट बाढीपीडितको अपिल : होटलमा महंगी छ, चाउचाउ–विस्कुट मिलाइदिनुहोस

    बाढीको रिपोर्टिङ गर्न आएका विदेशी पत्रकारलाई कानुनी झन्झट, अनुमति लिनै हैरानी

    जलविद्युत्को सुरुङभित्र फसेकाहरूको उद्धारको प्रयास जारी

    बेपत्ता आफन्तको खोजी र शव पहिचानका लागि सैनिक ब्यारेकमा भीड

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    बाढी प्रभावित बालबालिकालाई अनुमतिबिना ओसारपसार र संरक्षणमा राख्न…

    सुरुङबाट ४३ विदेशीसहित २०८ जनाको उद्धार

    भोटेकोशी बाढीको पीडा : आफन्तको खोजीमा अस्पताल–अस्पताल धाउँदै…

    रसुवा भोटेकोशी बाढी : ६२६ जनाको शव फेला,…

    सुरुङबाट ४३ विदेशीसहित २०८ जनाको उद्धार

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै १…

    नागरिकको सहयोगमा आवश्यक मिनी एक्सकाभेटर जुटेपछि गृहमन्त्रीद्वारा आभार…

    नेपालका लागि भारतले ३७.५ टन राहत सामग्रीसहित दोस्रो…

    आर्थिक

    बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गर्ने

    कामना सेवा विकास बैंकद्वारा रसुवा बाढीपीडितका लागि २५ लाख सहयोग

    रसुवा बाढीपछि एनआईएमबीका ७ कर्मचारी सम्पर्कविहीन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑