• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र १२, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ‘गोरेटो’ले जम्मा गर्यो १० लाख ५१ हजार

      रसुवा बाढी : टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीले जोगाएका थिए ज्यान

      संरचना फेरि बनाउन सकिन्छ तर गुमेको जीवन फर्काउन सकिँदैन, सबै जुटौँ : कुलमान घिसिङ

      नागढुङ्गा–मुग्लिङ र रसुवाका सडकसहित विभिन्न राजमार्ग अवरुद्ध, यस्तो छ पछिल्लो अवस्था

      त्रिशुली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

      भोटेकोशी बाढी : कोशी प्रदेशका १३० जना सम्पर्कविहीन, ८ जना सम्पर्कमा

      रसुवा बाढी : बेपत्ता ताप्लेजुङका ३ जना सम्पर्कमा, २ अझै बेपत्ता

      नागरिकको सहयोगमा आवश्यक मिनी एक्सकाभेटर जुटेपछि गृहमन्त्रीद्वारा आभार व्यक्त

      आज रक्षाबन्धन तथा जनैपूर्णिमा मनाइँदै

      आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

      बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गर्ने

      बाढीपीडितका लागि कर्मचारीको तलबबाट १० दिनसम्मको रकम कट्टा गर्ने प्रस्ताव

      भोटेकोशी बाढी : ६४४ जना बेपत्ता

      मानवीयतामाथि प्रश्न : शवको उद्धार भन्दा गहना र सिलिण्डर प्यारो ?

      सद्गुरुको भावुक भिडियो : हाम्रो समूहका ८० जना सम्पर्कमा छैनन्, प्रभावित ठाउँमा जान अनुमति दिनुहोस

    होमपेज /  समाचार

    उद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र ११, बिहिबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४२ पटक पढिएको
  • उद्धारपछि पुनःस्थापना र पुनर्निर्माणमा केन्द्रित हुनुपर्छ : अर्थमन्त्री

    उद्धारका लागि २२ हेलिकप्टर परिचालन, अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै सरकार

    काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले राष्ट्रिय संकटको समयमा सबै राजनीतिक दल र पक्ष एक ठाउँमा आएर समाधानका लागि अघि बढ्नुपर्ने बताएका छन् ।

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोजना गरेको सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री डा.वाग्लेले बैठकमा प्रमुख दलका अध्यक्ष, सभापति तथा अन्य नेताहरू सहभागी भएको जानकारी दिए ।

    राष्ट्रिय संकटका घडीमा सबै दल र पक्ष एक ठाउँमा आएर समाधान दिने राजनीतिक चरित्र विकास हुँदै गएको उनले बताए ।

    बैठकमा नेपाल सरकारका तर्फबाट आफू र गृहमन्त्री सहभागी भएर सबै दलका नेताहरूसँग छलफल गरेको उनले जानकारी दिए । उद्धार र राहतपछि प्रारम्भिक पुनरुत्थान तथा त्यसपछि मध्यकालीन र दीर्घकालीन रूपमा पुनर्निर्माणका काममा केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

    उनले भने,‘राष्ट्रिय संकटका विषयमा, राष्ट्रिय संकटका घडीमा सबै दलहरू, सबै पक्षहरू एक ठाउँमा आएर समाधान दिनका लागि राजनीतिक चरित्र पनि बन्दै गइरहेको छ । सरकारका तर्फबाट म अर्थमन्त्री र गृहमन्त्रीजी दुई जना उपस्थित भएर सबै दलका नेताहरूसँग छलफल गर्यौं । उद्धार र राहतको चरणपछि प्रारम्भिक पुनरुत्थानको चरण आउँछ । त्यसपछि दीर्घकालीन, मध्यकालीन रूपमा पुनर्निर्माणका विषयहरूलाई पनि जुट्नेछौं ।’

    अहिले सरकारको प्राथमिकता उद्धार र राहत रहेको भन्दै वाग्लेले बेपत्ता तथा अलपत्र परेका नेपाली नागरिक र विदेशी पर्यटकको उद्धार भइरहेको बताए ।

    उनका अनुसार सुरुमा दुईवटा हेलिकप्टरबाट उद्धार सुरु गरिएकोमा अहिले २२ वटा हेलिकप्टर परिचालन गरिएको छ । भूगोल र मौसमले साथ दिएसम्म उद्धारका गतिविधि निरन्तर सञ्चालन गरिने उनले बताए ।

    उनले भने, अहिले दुई–चार दिन राहत र उद्धारमा छौँ । गृहमन्त्रीज्यूले बिफ्रिङ गर्नुभएको छ । बेपत्ता रहनुभएका, अलपत्र पर्नुभएका धेरै नेपाली नागरिक दाजुभाइ, दिदीबहिनीहरू र विदेशी पर्यटकहरू सबैको उद्धार चलिरहेको छ । हिजो दुईवटा हेलिकप्टरबाट अहिले २२ वटा हेलिकप्टर उडान गरेर, भूगोल र मौसमले साथ दिएसम्म उद्धारका गतिविधिहरू चलिरहेका छन् । त्यससँगसँगै अब साधन–स्रोत, अन्तर्राष्ट्रिय सहयोग जुटाउने काममा पनि लागिसकेका छौँ।’

    उद्धारसँगै आवश्यक साधन–स्रोत तथा अन्तर्राष्ट्रिय सहयोग जुटाउने काम पनि अघि बढाइएको वाग्लेले बताए । रसुवा बाढी घटनाबारे आफूलाई हिजो बिहान साढे ९ बजेतिर जानकारी भएको उल्लेख गर्दै उनले सुरुमा भन्सार विभागको अवस्थाबारे चिन्ता भए पनि घटनाको व्यापकता थाहा पाएपछि एक घण्टाभित्रै विश्व बैंकसँग छलफल गरी करिब २५ अर्ब रुपैयाँ बराबरको आर्थिक सहायता जुटाउने प्रक्रिया अघि बढाइएको बताए ।

    चीन, भारत र जापान सरकार, एसियाली विकास बैंक तथा इन्टरनेसनल फेडेरेसन अफ रेडक्रस, जेनेभाबाट तत्काल सहयोग प्राप्त भएको वा सहयोग गर्ने प्रतिबद्धता आएको उनले जानकारी दिए । यसबाट सरकारलाई आवश्यक उद्धार तथा राहतका काम अघि बढाउन आत्मविश्वास बढेको उनको भनाइ छ ।

    डा.वाग्लेले चालु बजेटमा पुनरुत्थान, राहत तथा विपद् व्यवस्थापनलगायतका लागि करिब १० अर्ब रुपैयाँ विनियोजन गरिएको बताए ।

    प्रधानमन्त्रीको नाममा रहेको दैवी प्रकोप उद्धार कोषमा करिब २ अर्ब ३४ करोड रुपैयाँ र गृह मन्त्रालयका लागि एक अर्ब १७ करोड रुपैयाँ विनियोजन गरिएको उनले जानकारी दिए ।

    यी सबै स्रोतलाई जोड्दा तत्कालका लागि साधन–स्रोत तथा आर्थिक आवश्यकतामा कमी नहुने गरी अघि बढ्न मन्त्रिपरिषद्ले आफूलाई जिम्मेवारी दिएको वाग्लेले बताए ।

    बाढी तथा विपद्का कारण २२ देखि २५ वटा पक्की पुल र करिब ७ सय मेगावाट क्षमताका जलविद्युत् आयोजनामा क्षति पुगेको जानकारी पनि उनले दिए । ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै वाग्लेले नवलपुर र चितवनलगायतका क्षेत्रमा शव भेटिन थालेको बताए ।

    ‘२२–२५ वटा पक्की पुल, सात सय मेगावाटजतिको हाइड्रोपावर क्षतिग्रस्त, धेरै जनधनको क्षति भएको छ । शवहरू नवलपुर, चितवनमा गएर भेटिन थालेका छन् । समाजका सबै पक्ष, दल, निकायहरू नै यसमा लाग्नुपर्ने आवश्यकताका साथ अगाडि बढेका छौँ,’ उनले भने ।

    राहत, उद्धार, पुनरुत्थान र पुनर्निर्माणका लागि समाजका सबै पक्ष, राजनीतिक दल तथा सम्बन्धित निकाय एकजुट भएर अघि बढ्नुपर्नेमा उनले जोड दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ‘गोरेटो’ले जम्मा गर्यो १० लाख ५१ हजार

    रसुवा बाढी : टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीले जोगाएका थिए ज्यान

    संरचना फेरि बनाउन सकिन्छ तर गुमेको जीवन फर्काउन सकिँदैन, सबै जुटौँ : कुलमान घिसिङ

    नागढुङ्गा–मुग्लिङ र रसुवाका सडकसहित विभिन्न राजमार्ग अवरुद्ध, यस्तो छ पछिल्लो अवस्था

    त्रिशुली नदीको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

    भोटेकोशी बाढी : कोशी प्रदेशका १३० जना सम्पर्कविहीन, ८ जना सम्पर्कमा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ‘गोरेटो’ले जम्मा गर्यो…

    रसुवा बाढी : टेम्पो चालकको सूचनाले २८ तीर्थयात्रीले…

    संरचना फेरि बनाउन सकिन्छ तर गुमेको जीवन फर्काउन…

    नागढुङ्गा–मुग्लिङ र रसुवाका सडकसहित विभिन्न राजमार्ग अवरुद्ध, यस्तो…

    नागरिकको सहयोगमा आवश्यक मिनी एक्सकाभेटर जुटेपछि गृहमन्त्रीद्वारा आभार…

    नेपालका लागि भारतले ३७.५ टन राहत सामग्रीसहित दोस्रो…

    रसुवा बाढी : उद्धार तथा राहत तीव्र, १५…

    उद्धारकार्यमा स्वयंसेवकका रूपमा सक्रिय रहन कांग्रेसका पदाधिकारी, सदस्य,…

    आर्थिक

    बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गर्ने

    कामना सेवा विकास बैंकद्वारा रसुवा बाढीपीडितका लागि २५ लाख सहयोग

    रसुवा बाढीपछि एनआईएमबीका ७ कर्मचारी सम्पर्कविहीन

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑